कप्तान सन्दीप लामिछाने असोज २० गते नेपाल आउने
काठमाडौं । बलात्कारको आरोप लागेपछि सम्पर्कविहीन भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफु यहि ६ अक्टोबर अर्थात २० असोजमा नेपाल आउने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै लामिछानेले आफू २० गते नेपाल आइपुग्ने पुष्टि गरेका हुन् । उनले नेपाल आएर झूटा आरोपविरुद्ध कानुनी लडाई लड्न आफूलाई नेपालको अख्तियारमा पेश गर्ने जनाएका छन् ।
‘ठूलो आशा र शक्तिका साथ, म यही अक्टोबर ६, २०२२ मा मेरो गृह देश नेपाल आइपुग्छु र झूटा आरोप विरुद्ध कानुनी लडाई लड्न आफूलाई नेपालको अख्तियारमा पेश गर्नेछु ।’ लामिछानेले फेसबुकमा लेखेका छन् ।
लामिछानेले आफु निर्दोष रहेको र न्याय प्रणालीमा पूर्ण विश्वास रहेको उल्लेख गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कप्तान सन्दीप लामिछाने असोज २० गते नेपाल आउने, #सन्दीप लामिछाने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्