संबिधान दिवसमा संखुवासभामा ६ जना कैदि बन्दी रिहा

संखुवासभा – असोज ३ – संबिधान दिवसको अवसरमा संखुवासभाको खाँदबारी कारागारमा रहेका ६ जना कैदि बन्दी रिहा भएका छन् ।
रिहा हुनेहरुमा चैनपुर ३ का देवीमायाँ तामाङ्ग, खाँदबारी ३ का कमल दर्जी, चैनपुर नगरपालिका ५ का दोर्ची शेर्पा, पाँचखपन ३ का रोय भनिने डम्बर सिंह बिश्वकर्मा, मकालु ३ का साने भनिने निमातेम्बा शेर्पा र छथर गाउँपालिका ३ तेह्रथुमका तोर्णप्रसाद न्यौपाने रहेको जिल्ला कारागार संखुवासभाका जेलर बिनोद अधिकारीले जानकारी दिनुभयो ।
आज उनिहरुलाई एक कार्यक्रमका बिच आफन्तको जिम्मा लगाईएको जेलर अधिकारीले बताउनुभयो । आज रिहा गरिएका ६ जना मध्ये चैनपुर ५ का दोर्ची शेर्पाले सवारी ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका थिए भने अन्य पाँचै जना कर्तब्य ज्यान मुद्धामा कैद सजाँय भोगिरहेका थिए ।
उनिहरुले कैद सजाँयको ५० प्रतिशत भुक्तानी गरिसकेको र उनिहरुको आचरणमा उल्लेख्य सुधार देखिएको जेलर बिनोद अधिकारीले बताउनु भयो ।
क्याटेगोरी : विशेष, समाचार
ट्याग : #hot, #कैदिबन्दी छुटे, #जिल्ला कारागार संखुवासभा, #बिनोद अधिकारि, #संविधान दिवस
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्