नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज १ बजे बस्र्दै

काठमाडौं । नेकपा एमालेले मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका उम्मेदवार छान्न आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ । दिउँसो १ बजेपछि बस्ने गरी बैठक बोलाएको हो ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार भदौ दोस्रो साता बसेको केन्द्रीय कमिटी बैठकले क्षेत्रीय कमिटी, जिल्ला कमिटी हुँदै प्रदेश कमिटीलाई उम्मेदवार सिफारिस गरेर पठाउन दिएको निर्देशन अनुसार सिफारिस भएर आएका उम्मेदवारका नाममाथि छलफल गर्न केन्द्रीय सचिवालय बैठक बस्न लागेको हो ।
असोज २ र ३ गते समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउनुपर्ने भएका कारण सूचीबारे निर्णय गर्न बैठक बस्न लागेको हो । एमालेले समानुपातिकबाट यसअघि सांसद भएकालाई विशेष अवस्थाबाहेक नदोहोर्याउने मापदण्ड बनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एमाले, #नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज १ बजे बस्र्दै
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्