भिमसेनथापा २ सिद्दकाली मन्दिर परिसरमा ६१ फिट अग्लो नेपालको झण्डा फहराइयो

गोरखा । गोरखा जिल्ला भिमसेनथापा गाउँपालिका वडा न २ मा अबस्थित सिद्दकाली मन्दिर परिसरमा ६१ फिट अग्लो नेपालको झण्डा स्थापना गरिएको छ । उक्त झण्डा स्थापना गर्ने योजनाको लागि गण्डकी प्रदेशका माननीय रामशरण बस्नेतले ६ लाख बजेट बिनियोजन गर्नुभएको थियो ।
त्यस्तौ भिमसेनथापा गाउँपालिकाको अधिल्लो सरकारले १० लाख बिनियोजन गरेको थियो । वडा न २ बाट १ लाख बजेट बिनियोजन गरिएको वडा अध्यक्ष नारायण भट्टराईले जनकारी दिनुभयो ।
झण्डा स्थापना गर्ने निर्माण समितीमा नारायण लामिछाने,कमल भट्ट ,बिमला लामिछाने, उत्तम लामिछाने , विश्वजित लामिछाने र पुजा समितीका पदाधिकारी रहेका थिए । ११९० मिटरको उचाइमा निर्माण गरिएको उक्त नेपाली राष्ट्रिय झण्डा ६१ फिट अग्लो छ, चौडाइ ४० फिट रहेको छ। झण्डा स्थापनाको लागि १७ लाख खर्च भएको छ ।
गोरखा जिल्ला भिमसेनथापा गाउपालिका वडा न २ अन्तर्गत तान्द्राङ्गकोट धार्मिक रुपले प्रख्यात ठाउँ हो । पृथ्वीनारायण शाह देखिको इतिहास जोडिएको यसभुमि दुल्लभ ऋषि को भुमी हो । दुल्लभ ऋषि पृथ्वीनारायणको विश्वासिलो ज्योतिषी हुन ।
तान्द्राङ्ग कोट गोरखकालीको बहिनीको शक्तिको रुपमा पुजिने गरिन्छ । यसै तान्द्राङ्गकोटमा नेपालकै अग्लो राष्ट्रिय झण्डा फहराइएको छ ।
राष्ट्रिय झण्डा फहराउदै बिधिवत रुपमा पुजा गर्दै वडा अध्यक्ष नारायण प्रसाद भट्टराईले नेपालकै अग्लो राष्ट्रिय झण्डा फहराउदा सहयोग गर्नुहुने पुर्व प्रदेश मन्त्री रामशरण बस्नेत,पूर्ब गाउँपालिका अध्यक्ष ईश्वर पाण्डे, लगायत स्थानीय सबैलाई धन्यवाद दिए ।
तान्द्राङ्ग कोटमा ६१ फिट अग्लो फहराइएको राष्ट्रिय झण्डासँग जोडिएको राष्ट्रियता स्वाधीनताको महत्वको साथै पर्यटनलाई समेत टेवा पुग्ने विश्वास लिइएको छ ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #६१ फिट अग्लो नेपालको झण्डा स्थापना, #hot, #नारायण भट्टराई, #भिमसेनथापा गाउँपालिका, #सिद्दकाली मन्दिर
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्