साउन महिनादेखि हालसम्म ९ हजार ८ सय ३५ जनामा डेंगु संक्रमण
काठमाडौँ । नेपालमा साउन महिनादेखि हालसम्म मात्रै ९ हजार ८ सय ३५ जनामा डेंगु संक्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म बाग्मती प्रदेशमा सबैभन्दा बढी ७ हजार ४ सय ४०, लुम्बिनीमा १ हजार ३ सय ५६, प्रदेश १ मा ३ सय २०, सुदूर पश्चिममा २ सय ७१, गण्डकीमा २ सय २, मधेश प्रदेशमा १ सय ८० र कर्णाली प्रदेशमा ६६ जना डेगूंका बिरामी फेला परिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
७५ जिल्लामा फैलिसकेको डेंगु संक्रमण नियन्त्रण तथा रोकथामका लागि इपिडिमियोलिजी तथा रोग नियन्त्रण महाशाखाले १ सय ३९ स्थानीय तह, ६० जिल्ला र ७ वटै प्रदेशमा “खोज र नष्ट गर” अभियान सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।
साथै सरकारले भाद्र ९ गतेदेखि ललितपुर स्वास्थ्य कार्यालय तथा महानगरपालिकाका वडाहरुसगँको सहकार्यमा सामूहिक डेंगु अनुसन्धान तथा लार्भा नष्ट कार्य सुरु गरेको मन्त्रालयले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्