काठमाडौँ क्षेत्र न. ६ मा “जनताको साथमा कांग्रेस अभियान” कार्यक्रम सम्पन्न
काठमाडौँ। काठमाडौँ क्षेत्र् न.६ मा नेपाली कांग्रेसको निर्वाचन लक्षित अभियान “जनताको साथमा कांग्रेस अभियान-२०७९” कार्यक्रम भएको छ। शुक्रबार काठमाडौँको सामाखुसी स्थित स्काई पाटी प्यालेसमा कार्यक्रम सम्पन्न भएको हो। नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीका लागि भदौ १० गतेदेखि देशभर कार्यक्रम गरिरहेको छ।
यस अभियानको पहिलो चरण (भदौ १० गते)देखि विपी जन्मजयन्ती अर्थात भदौ २४ गतेसम्म सञ्चालन भएको छ। अभियानको दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्ता भएपछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि सुरु गरिने नेपाली कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल तरुणदलका पुर्व अध्य्क्ष तथा नेका केन्द्रीय सदस्य जितजंग बस्नेत , क्षेत्रिय् सभापति श्याम कृष्ण खड्की , सांसद भीमसेनदास प्रधान , काठमाडौँ जिल्ला सभापति सबुज कृष्ण बानियाँ , तारकेश्वोर नगर सभापति तथा मेयर कृष्ण हरि महर्जन , कामनपा पुर्ब उपमेयर हरिप्रभा खड्की , क्षेत्र् न. ६ ख का सभापति बिष्णु भक्त तिमिल्सिना , श्रीराम थापा , इन्द्रमान महर्जन , इच्छा राम कार्की , साथै महाधिबेशन प्रतिनिधि , जिल्ला प्रतिनिधिहरु , क्षेत्रिय् प्रतिनिधि तथा क्रियाशील सदस्य हरु को बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमा उपस्थित नेताहरुले मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल , मतदातासँग अन्तर्क्रिया गर्ने राष्ट्रिय राजनीतिको अवस्था, गठबन्धनको औचित्य र आफ्ना एजेन्डाबारे प्रचार प्रसार गरेका छन्। कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई जानकारी गराएका छन् भने निर्वाचनमा कांग्रेसलाई विजयी गराउने पक्षमा माहौल बनाउने तथा निर्वाचनमा तालमेल गरेर जानुपरेको विषय र वस्तुस्थिति पार्टी पङ्क्ति र जनतासमक्ष स्पष्ट राखेका छन्।
क्याटेगोरी : राजनीति, समाचार, स्थानीय
ट्याग : #breaking, #काठमाडौँ क्षेत्र न. ६, #नेपाली कांग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्