गठबन्धनमा १०० सीट नपाए कांग्रेसभित्रै बिद्रोह गर्ने कोइराला समूहको तयारी
काठमाडौं । कांग्रेस नेतृत्वको चुनावी गठबन्धनबाट पार्टीलाई १०० सीटको भाग नआए पार्टीभित्रै बिद्रोह गर्ने रणनीति कोइराला समूहले बनाएको छ ।
१६५ प्रतिनिधि सभा क्षेत्रमै एक्लै उठ्ने हो भने पनि कांग्रेसभित्र आकांक्षीलाई व्यवस्थापन गर्न गाह्रो परिरहेको कांग्रेसभित्र बिद्रोहको तयारी भइरहेको बताइएको छ । त्यसो त नेपाली कांग्रेसका नेता शेखर कोइरालाले यसबारे सार्वजनिक अभिव्यक्ति पनि दिँदै आएका छन् । कम्तीमा पनि १०० क्षेत्र कांग्रेसले लिनुपर्ने दबाब कोइरालाले सृजना गर्दै आएका छन् ।
यसैबीच प्रेस युनियनले आज जनकपुरमा गरेको कार्यक्रममा पनि नेता कोइरालाले सो कुरा दोहोर्याएका छन् । बहुमत ल्याउन पनि कांग्रेसले १०० सीट लिनैपर्नेमा जोड दिँदै उनले बहुमतकै लागि गठबन्धन गरिएको खुलासा गरेका छन् ।
‘कांग्रेस केन्द्रीय समितिले बहुमत ल्याउन र पाँच वर्ष सरकार चलाउन गठबन्धन गर्ने निर्णय गरेको थियो,’ उनले पार्टी नेतृत्वप्रति प्रश्न गर्दै भने, ‘१०० सीट दिने पक्षमा सत्ता गठबन्धनका अरू दल छैनन् । १०० सीट नलिए कसरी बहुमत ल्याउन सकिन्छ ? १०० भन्दा कम सीट लिँदा त विद्रोह हुन सक्छ ।’
सत्ता गठबन्धनका अन्य दललाई प्रत्यक्षतर्फ धेरै सीट छाड्दा समानुपातिकतर्फ कांग्रेसको मत घट्ने पनि उनको भनाइ छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #शेखर कोइराला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्