राष्ट्रकवि घिमिरेलाई महाअभिनन्दन
डा हर्षबहादुर बुढामगर स्मृति प्रतिष्ठानले राष्ट्रकवि माधव घिमिरेलाई ‘डा हर्षबहादुर बुढामगर स्मृति महाअभिनन्दन–२०७५’ बाट सम्मान गरेको छ । घिमिरे कार्यक्रममा उपस्थित हुन नसक्नुभएकाले उहाँलाई प्रदान गरिने महाअभिनन्दन उहाँकै घरमा लगेर प्रदान गरिने जानकारी दिइयो ।
सो प्रतिष्ठानले डा हर्षबहादुर बुढामगरको आठौँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा सो सम्मान गरिएको हो । बुढामगरले १५ वर्षको कलिलो उमेरमा बेलायती सेनामा भर्ती भई दोस्रो विश्वयुद्धका समयमा भारतको कस्मिरसहित विश्वका विभिन्न मुलुकमा वीरतापूर्वक लडाइँ लड्नुभएको थियो ।
विश्वमा वीरता देखाएको भन्दै उहाँलाई नेपाल, बेलायत र भारतले विभिन्न पदक तथा सम्मानबाट विभूषित गरेको छ । उहाँले विसं २०४७ मा भारतबाट विद्यावारिधिको उपाधि पाउनुभएको थियो । सैन्य जीवनबाट अवकाश पाउनु भएपछि विभिन्न क्याम्पस तथा कलेजको प्रिन्सिपल भई सेवा गर्नाका साथै विभिन्न कविता, निबन्ध उपन्यास गरी कूल २४ वटा कृति प्रकाशित छन् ।
सो अवसरमा प्रतिष्ठानका संरक्षक दीपक बोहराले नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलाई ‘डा हर्षबहादुर बुढामगर स्मृति विशेष अभिनन्दन’बाट सम्मान गर्नुभयो ।
त्यस्तै कुलपति उप्रेती र संरक्षक बोहराले मोदनाथ प्रश्रितलाई ‘डा हर्षबहादुर बुढामगर स्मृति बहुआयामिक अभिनन्दन’, शम्भुजीत बाँस्कोटालाई ‘डा हर्षबहादुर बुढामगर स्मृति सङ्गीत रत्न अभिनन्दन’ र धु्रवचन्द्र गौतमलाई ‘डा हर्षबहादुर बुढामगर स्मृति आख्यान रत्न’ प्रदान गर्नुभयो ।
कार्यक्रममा अरू विभिन्न क्षेत्रका २४ जनालाई डा हर्षबहादुर बुढामगर स्मृति भाषा साहित्य सम्मान, साहित्यिक पत्रकारिता सम्मान, देश सेवा सम्मान, शिक्षा सेवा सम्मान, समाज सेवा सम्मान तथा कर्मवीर सम्मान प्रदान गर्नुभयो ।
सो अवसरमा कुलपति उप्रेतीले नेपाल बहुभाषा तथा बहुसंस्कृतिको धनी नेपालमा सबै भाषा संस्कृतिको विकास गर्न हामी सबै लाग्नुपर्नेमा जोड दिँदै पाठकको मन जित्ने सिर्जन तयार गर्न सकेमा मात्र लेखक सफल हुने बताउनुभयो ।
पूर्वमन्त्री दीपक बोहरा, बालाराम घर्तिमगर, साहित्यकार भद्राकुमारी घले, प्रतिष्ठानका अध्यक्ष उन्नति बोहरा, सदस्यसचिव दिनेश लम्साललगायत वक्ताले साहित्यमा विभिन्न विषयमा चर्चा गर्नुभएको थियो ।
क्याटेगोरी : विशेष
ट्याग : #राष्ट्रकवि घिमिरेलाई महाअभिनन्दन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्