Techie IT
सोमबार, वैशाख २२,२०८२

एमाले खोटाङले गर्‍यो प्रतिनिधिसभाका लागि १० आकांक्षीको नाम सिफारिस


खोटाङ। प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङबाट एमालेका १० आकांक्षीको नाम सिफारिस भएको छ । पुष्पलाल स्मृति भवन दिक्तेलमा आइतबार बसेको एमाले जिल्ला कमिटिको बैठकले प्रत्यक्षमा सात जना र समानुपातिकमा तीनजना आकांक्षीको नाम सिफारिस गरेको हो ।

४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि प्रत्यक्षतर्फ उषाकला राई, खगेन्द्र राई, देवान राई, पाँचकर्ण राई (पिके), विशाल भट्टराई, रमेश पौडेल र राजनप्रसाद ढकालको नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष रामप्रसाद दंगालले जानकारी दिनुभयो । समानुपातिकमा कर्णबहादुर घले, रमेश परियार र राजकुमारी राईको नाम सिफारिस भएको छ । उषाकला पूर्वसामाजिक मन्त्री, पाँचकर्ण पूर्वसांसद र भट्टराई वर्तमान प्रतिनिधिसभा सदस्य एवं एमाले प्रमुख सचेतक हुनुहुन्छ ।

यस्तै, प्रदेशसभा ‘क’मा प्रत्यक्षतर्फ अनिषा खनाल, देवविक्रम राई, लीलानाथ निरौला, सर्वधन राई तथा समानुपातिकतर्फ अडिराम राई, उमा गुरुङ, कमल बुढाथोकी, चन्द्रसिंह बस्नेत, दुर्गा पोखरेल, निर्मला आचार्य, मनिशोभा राई (माया), श्यामकुमार पोखरेल, सुवास राई र हिराकुमारी वन गिरी सिफारिस भएका हुनुभएको छ ।

प्रदेश सभा ‘ख’मा भने प्रत्यक्षमा रामप्रसाद दंगालको एकल नाम सिफारिस भएको छ । समानुपातिकमा भने चर्चबहादुर विश्वकर्मा, दिलचक्र राई, दुधराज तामाङ, पूर्णमाया तामाङ र भगवती प्रधानलाई सिफारिस गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : ##एमाले, #प्रतिनिधिसभा निर्वाचन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Partly Cloudy
5:19 am6:41 pm +0545