जनप्रतिनिधिलाई शेखर समुहको चियापान
नेपाली कांग्रेसको शेखर कोइराला समुहले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई चियापान कार्यक्रम गरेर स्वागत गरेको छ ।
दुई दिन अभिमुखीकरण तालिमका लागि आएका स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई काठमाण्डौको एक होटलमा बोलाएर चियापान गराइएको हो । कार्यक्रममा अभिमुखिकरण तथा प्रशिक्षणमा सहभागि हुन आएका जनप्रतिनिधि तथा पार्टीका नेता कार्यकर्ता सहभागी छन् । प्रशिक्षणले आफूहरुलाई नीतिगत, कानुनी र सुशासनका विषयमा ज्ञान हासिल गरेको जनप्रतिनिधिले बताएका छन् । डोटीको आदर्श गाउँपालिकाका अध्यक्ष गणेश खड्काले कानुनी पाटोदेखि बजेट र राजश्व बाँडफाँडका विषयमा धेरै कुरा सिकेको र त्यसलाई व्यवहारमा लागू गर्ने बताए ।
कानुन बनाउनुपर्ने कुराहरु छन् । विकासका प्रोसेसका कुराहरु छन् । न्यायिक समितिका कुराहरु छन् । विविध कुराहरु प्रशिक्षणमा सिकेका कुराहरुलाई अब गएर गाउँपालिकाको, कार्यसमितिको मिटिङ, वडाको भेलाहरुमा आफूले सिकेका कुराहरुलाई हुबहु तरिकाले हामीले सिकाउने मनस्थिती भएको छ ।
डोटी जिल्लाकै केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले पनि सुशासनकै पाटोमा जोड दिने बताए । जतालाई मालिक मनेर सेवाको भावनाले काम गर्न प्रशिक्षणले ठूलो भूमिका खेलेको उनको भनाई छ ।
हिजोका दिनमा भएका कमी कमजोरी हटाउन जनताले फेरी मौका दिएका छन् । नेपाली कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले समयमै जनप्रतिनिधिलाई प्रशिक्षित बनाएको छ । अवश्य पनि नेपाली कांग्रेसले नेपाली जनताका निम्ति भोलिका दिनहरुमा काम गर्ने कुराहरु बनेको छ । हामी उर्जाशील र उर्जावान बनेका छौँ । हिजोको दिनमा भएका कमी कमजोरी हटाएको छ । )
कार्यक्रममा नेता शेखर कोइराला, डा. रामशरण महत, चन्द्र भण्डारीलगायत पुगेका थिए । नेपाली कांग्रेसले साउन ३० र ३१ गते ललितपुरको सानेपामा आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन आएकाहरुका लागि कोइरालाले चियापान तथा भेटघाट कार्यक्रम आयोजना गरेको हो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #जनप्रतिनिधिलाई शेखर समुहको चियापान, #शेखर कोइराला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्