जनप्रतिनिधिलाई शेखर समुहको चियापान

नेपाली कांग्रेसको शेखर कोइराला समुहले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई चियापान कार्यक्रम गरेर स्वागत गरेको छ ।
दुई दिन अभिमुखीकरण तालिमका लागि आएका स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई काठमाण्डौको एक होटलमा बोलाएर चियापान गराइएको हो । कार्यक्रममा अभिमुखिकरण तथा प्रशिक्षणमा सहभागि हुन आएका जनप्रतिनिधि तथा पार्टीका नेता कार्यकर्ता सहभागी छन् । प्रशिक्षणले आफूहरुलाई नीतिगत, कानुनी र सुशासनका विषयमा ज्ञान हासिल गरेको जनप्रतिनिधिले बताएका छन् । डोटीको आदर्श गाउँपालिकाका अध्यक्ष गणेश खड्काले कानुनी पाटोदेखि बजेट र राजश्व बाँडफाँडका विषयमा धेरै कुरा सिकेको र त्यसलाई व्यवहारमा लागू गर्ने बताए ।
कानुन बनाउनुपर्ने कुराहरु छन् । विकासका प्रोसेसका कुराहरु छन् । न्यायिक समितिका कुराहरु छन् । विविध कुराहरु प्रशिक्षणमा सिकेका कुराहरुलाई अब गएर गाउँपालिकाको, कार्यसमितिको मिटिङ, वडाको भेलाहरुमा आफूले सिकेका कुराहरुलाई हुबहु तरिकाले हामीले सिकाउने मनस्थिती भएको छ ।
डोटी जिल्लाकै केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले पनि सुशासनकै पाटोमा जोड दिने बताए । जतालाई मालिक मनेर सेवाको भावनाले काम गर्न प्रशिक्षणले ठूलो भूमिका खेलेको उनको भनाई छ ।
हिजोका दिनमा भएका कमी कमजोरी हटाउन जनताले फेरी मौका दिएका छन् । नेपाली कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले समयमै जनप्रतिनिधिलाई प्रशिक्षित बनाएको छ । अवश्य पनि नेपाली कांग्रेसले नेपाली जनताका निम्ति भोलिका दिनहरुमा काम गर्ने कुराहरु बनेको छ । हामी उर्जाशील र उर्जावान बनेका छौँ । हिजोको दिनमा भएका कमी कमजोरी हटाएको छ । )
कार्यक्रममा नेता शेखर कोइराला, डा. रामशरण महत, चन्द्र भण्डारीलगायत पुगेका थिए । नेपाली कांग्रेसले साउन ३० र ३१ गते ललितपुरको सानेपामा आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन आएकाहरुका लागि कोइरालाले चियापान तथा भेटघाट कार्यक्रम आयोजना गरेको हो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #जनप्रतिनिधिलाई शेखर समुहको चियापान, #शेखर कोइराला
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्