प्रतिनिधि सभाको निर्वाचन अघि नै काँग्रेस फुट्न सक्ने
काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन अघि नै नेपाली काँग्रेस फुट्न सक्ने देखिएको छ । सभापति शेरबहादुर देउवाले टिकट बाँडफाँटमा संस्थापनइतर समूहलाई पेलेरै जाने संकेत पाएसँगै विकल्पहरु तयार गरे काँग्रेसभित्रको ठूलै शक्ति तयारी अवस्थामा बसेको छ ।विश्वस्त स्रोतका अनुसार काँग्रेसभित्रको डा. शेखर कोइराला समूहले सबै भातृ संगठनका आफूपक्षीय नेताहरुसँग छुट्टाछुट्टै छलफल गरिसकेका छन् । उनले समानान्तर कमिटीहरु गठन गर्ने प्रक्रिया थालिसकेको बुझिएको छ । टिकट बाँडफाँटमा माग पूरा नभए सोही कमिटीलाई नै लिएर अलग पार्टी गठनको तयारी भइसकेको छ । त्यसका लागि निर्वाचन आयोगमा गोप्य तरिकाले पार्टी दर्ता समेत भइसकेको विश्वस्त स्रोतले बताएको छ ।
कोइराला समूहले चुनावमा टिकट बाँडफाँट गर्दा कम्तिमा ४० प्रतिशतको माग गर्दै आएको छ । त्यो पाउने सम्भावना कमजोर हुँदै गएकाले विद्रोहको दबाब बढेको छ । विद्रोहमा काँग्रेस फुट्ने सम्भावना पनि हुनसक्ने गरी तयारी भएको छ ।
सत्ता गठबन्धनको टिकट बाँडफाँटमा काँग्रेसले १६५ मध्ये आधा पाउने र त्यसमध्ये पनि शेखर पक्षधरले ४० प्रतिशत पाएमा ३० भन्दा बढी सिट पाउने सम्भावना हुन्छ । टिकटको पूर्वतयारीमा रहेका कतिपय संस्थापनइतरका नेताहरुले विद्रोहका लागि आफ्नो तयारी गरिरहेको बुझिएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेपाली कांग्रेस, #प्रतिनिधि सभाको निर्वाचन अघि नै काँग्रेस फुट्न सक्ने, #शेखर कोइराला, #शेरबहादुर देउवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्