स्वास्थ्य बीमा कार्यक्रमको पहिचानका लागि राज्यमन्त्रीको अध्यक्षतामा कार्यदल गठन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रमको समस्याबारे पहिचान गर्नका लागि स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीको अध्यक्षतामा पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।
मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले स्वास्थ्य राज्यमन्त्री केसीको अध्यक्षतामा मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लोहनी, बीमा बोर्ड सदस्य डा सुरेश तिवारी, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सामाजिक सुरक्षा हेर्ने सहसचिव सदस्य तथा औषधि व्यवस्था विभागका प्रमुख औषधि व्यवस्थापक नारायण ढकाल सदस्य सचिव रहेको कार्यदल गठन गरिएको छ ।
कार्यदलले तीन हप्ताभित्रमा बीमा कार्यक्रमका समस्या पहिचान गरी समाधानका उपायसहित प्रतिवेदन मन्त्रालयमा पेश गर्नेछ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, #स्वास्थ्य बीमा कार्यक्रमको रकम बढाएर १० लाख रुपैयाँ पुर्याउन माग
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्