स्वास्थ्य बीमा कार्यक्रमको पहिचानका लागि राज्यमन्त्रीको अध्यक्षतामा कार्यदल गठन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रमको समस्याबारे पहिचान गर्नका लागि स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीको अध्यक्षतामा पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।
मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले स्वास्थ्य राज्यमन्त्री केसीको अध्यक्षतामा मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लोहनी, बीमा बोर्ड सदस्य डा सुरेश तिवारी, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सामाजिक सुरक्षा हेर्ने सहसचिव सदस्य तथा औषधि व्यवस्था विभागका प्रमुख औषधि व्यवस्थापक नारायण ढकाल सदस्य सचिव रहेको कार्यदल गठन गरिएको छ ।
कार्यदलले तीन हप्ताभित्रमा बीमा कार्यक्रमका समस्या पहिचान गरी समाधानका उपायसहित प्रतिवेदन मन्त्रालयमा पेश गर्नेछ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, #स्वास्थ्य बीमा कार्यक्रमको रकम बढाएर १० लाख रुपैयाँ पुर्याउन माग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्