गोगंबुमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, ४ गम्भीर घाइते
काठमाडौंका गोंगबुस्थित एक पिस ग्लास हाउसमा सिलिन्डर ग्यास विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको बेलकोटगढीका काजी तामाङ छन् ।
दीपज्योतिस्थित पिस नेपाल सिसा फ्याक्ट्रीमा विस्फोटन हुँदा पाँच जना गम्भीर घाइते भएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी निरीक्षक मोहनविक्रम केसीले जानकारी दिए।

घाइते हुनेहरूमा काजी तामाङ, राजु बिसी, कैलाश श्रेष्ठ, अनिल पोखरेल र रेशम तामाङ रहेको केसीले बताएका छन् ।
विस्फोटमा परी केहीको अङ्गभङ्गसमेत भएको भेटिएको छ। खाना खाने समय र फ्याक्ट्रीमा बिदा भएकाले काम गर्ने कामदारको सङ्ख्या अन्य दिनको तुलनामा कम भएको बुझिएको छ।
घाइते भएका दुई जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज र धापासीस्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ।
तस्विर सौजन्य : रेन्सु थापा
क्याटेगोरी : विशेष
ट्याग : #सिलिन्डर पड्किँदा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्