Techie IT
बुधबार, वैशाख २४,२०८२

गोगंबुमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, ४ गम्भीर घाइते


काठमाडौंका गोंगबुस्थित एक पिस ग्लास हाउसमा सिलिन्डर ग्यास विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको बेलकोटगढीका काजी तामाङ छन् ।

दीपज्योतिस्थित पिस नेपाल सिसा फ्याक्ट्रीमा विस्फोटन हुँदा पाँच जना गम्भीर घाइते भएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी निरीक्षक मोहनविक्रम केसीले जानकारी दिए।

घाइते हुनेहरूमा काजी तामाङ, राजु बिसी, कैलाश श्रेष्ठ, अनिल पोखरेल र रेशम तामाङ रहेको केसीले बताएका छन् ।

विस्फोटमा परी केहीको अङ्गभङ्गसमेत भएको भेटिएको छ। खाना खाने समय र फ्याक्ट्रीमा बिदा भएकाले काम गर्ने कामदारको सङ्ख्या अन्य दिनको तुलनामा कम भएको बुझिएको छ।

 

घाइते भएका दुई जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज र धापासीस्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ।

तस्विर सौजन्य : रेन्सु थापा


क्याटेगोरी : विशेष
ट्याग : #सिलिन्डर पड्किँदा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:18 am6:42 pm +0545