अर्थमन्त्रीमा जनार्दन दोहोरिने भएपछि माओवादी केन्द्रको महासचिवमा वर्षमानको नाममा सहमति
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा पदाधिकारी टुँगो लगाउनेबारे छलफल अघि बढेको छ । आज विहान बसेको बैठकमा अर्थमन्त्रीमा जनार्दन शर्मालाई नै पठाउने निर्णय पनि भएको छ । सो बैठकको निर्णय लिएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटिसकेका छन् ।
बजेट निर्माणको क्रममा मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोपमा शर्माले पदबाट राजीनामा दिएका थिए । तर, उनीमािथ छानबिन गर्न बनेको समितिले आरोप पुष्टि हुने आधार नभेटेको भन्दै चोख्याएपछि शर्मा पूनः अर्थमन्त्रालयको बागगोर सम्हाल्नेगरि आजै मन्त्री हुने निश्चित् भएको छ । उता, माओवादी केन्द्रमा पदाधिकारी चयनको विषय पेचिलो बन्दै आएको थियो ।
महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनले दाबी गरेपछि अध्यक्ष दाहालले अहिलेसम्म पदाधिकारी चयन गर्न सकेका थिएनन् । तर, महासचिवका दाबेदार शर्मा र पुनलाई सँगै राखेर गरेको छलफलमा दुवै नेताले अध्यक्षले जसलाई चयन गरेपनि मान्य हुने भन्दै पदाधिकारी चयनको लागि बाटो खोलिदिएका थिए ।
हिले धेरै विवादका कारण पनि अर्थमन्त्रालयमा शर्मालाई नै पठाउन दाहाल तयार भएका छन् । उनले शर्मालाई अर्थमन्त्रालयमा पठाउने र महासचिवको जिम्मेवारी भने पुनलाई दिने तयारी गरेका छन् । माओवादीमा शर्मा र पुनको मात्रै संगठनमा जबरजस्त पकडक रहेको चर्चा छ । वर्षमानले पनि पछिल्लो समय जनार्दन शर्माको खुलेर बचाउ गर्ने गरेका थिए । उनले छानबिन समितिको प्रतिवेदन आएपछि पनि शर्मा अर्थमन्त्रालयको नेतृत्वमा फर्कनसक्ने खुलासा गरेका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #जनार्दन अर्थमन्त्रीमा दोहोरिने भएपछि माओवादी केन्द्रको महासचिवमा वर्षमानको नाममा सहमति, #वर्षमान पुन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्