नेपाल एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय प्रशिक्षण भेला सम्पन्न

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सुदूरपश्चिम प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न गरेको छ ।
मंगलबार धनगढीमा आयोजित प्रशिक्षण कार्यक्रममा सुदूरपश्चिमका नौ वटै जिल्लाका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिएको छ ।
एमालेले आगामी दिनमा खेल्नुपर्ने भूमिका, अब हुने निर्वाचन लगायतकाबारेमा प्रशिक्षण दिइएको थियो ।
पार्टीले सबै प्रदेशमा प्रशिक्षण आयोजना गर्ने निर्णय गरे बमोजिम अहिलेसम्म छवटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न भएका छन् भने विभिन्न जिल्लामा पनि प्रशिक्षण शुरू भएका छन् ।
सुदूरपश्चिम प्रदेशको प्रशिक्षणमा पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली, सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहरा, सचिव लेखराज भट्ट, स्थायी कमिटीका सदस्य कर्णबहादुर थापा लगायतका नेताले अगुवा कार्यकर्तालाई प्रशिक्षण दिनुभएको नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिनुभयो ।
आज धनगढीमा कैलाली जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम छ ।
यसैगरी नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद्को सुदूरपश्चिम प्रदेशस्तरीय पूरक बैठक आज धनगढीमा बसेको सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले बताउनुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेपाल एमाले, #नेपाल एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय प्रशिक्षण भेला सम्पन्न
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्