अनेरास्ववियुद्वारा नागरिकता विधेयकको विरोधमा प्रदर्शन
कैलाली । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको भन्दै धनगढीमा प्रदर्शन गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल धनगढी उपमहानगर कमिटी र अनेरास्ववियु धनगढी उपमहानगर कमिटीद्वारा संयुक्त रूपमा नागरिकता ऐन संशोधन विधेयकको विरोधमा प्रदर्शन गरिएको हो ।
मुख्यमन्त्री कार्यालय अघि राष्ट्रिय युवा संघ र अनेरास्ववियुका नेता कार्यकर्ताहरूले गठबन्धनको सरकारले जनतालाई राहत दिनु भन्दा आहत दिएको भन्दै आक्रोश व्यक्त गरे । उनीहरूले राँके जुलुस र नाराबाजी समेत गरेका थिए ।
प्रदर्शन पछि कोण सभामा राष्ट्रिय युवा संघ नेपाल धनगढी उपमहानगर कमिटीका संयोजक अभिषेक नाथ (लोक) र अनेरास्ववियु धनगढी उपमहानगर कमिटीका संयोजक नितिष जोशीले नेपाली जनताको लागि वर्तमान सरकारको विकल्प आवश्यक रहेको बताएका थिए ।
उनीहरूले नागरिकता ऐन संशोधन विधेयक संशोधन नभए सम्म आन्दोलन गर्ने पनि चेतावनी दिए ।
२२ साउन २०७५ मा प्रतिनिधिसभामा दर्ता गरेको नागरिकता ऐन संशोधन विधेयक सरकारले २१ असारमा फिर्ता लिएर नयाँ नागरिकता विधेयक दर्ता गरेको थियो । जसलाई शुक्रवार प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो ।
अब राष्ट्रिय सभाले पारित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पुग्नेछ राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नागरिकता विधेयक कानुनका रूपमा कार्यान्वयन हुनेछ ।
राष्ट्रिय युवा संघ र अनेरास्ववियुले आयोजना गरेको विरोध कार्यक्रममा प्रतिनिधि सभाले पारित गरे पनि राष्ट्रिय सभाले पारित गर्न नहुने बताएका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #राष्ट्रिय युवा संघ नेपाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्