सुदूरपश्चिम प्रदेशमा कुल बजेटको ६६ प्रतिशत मात्र बजेट खर्च

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्ष २०७८/०७९ मा कुल बजेटको ६६ प्रतिशत मात्र बजेट खर्च गरेको छ ।
प्रदेश सरकारले ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँको बजेटमध्ये २० अर्ब ९६ करोड ६१ लाख ९२ हजार रुपैयाँ मात्र खर्च गरेको हो ।
अघिल्लो आर्थिक वर्षको बजेटमध्ये १० अर्ब ५० करोड ९४ लाख ९८ हजार रुपैयाँ खर्च गर्न नसकिएको सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले जानकारी दिनुभयो ।
उहाँका अनुसार, चालुतर्फ १२ अर्ब ३८ करोड ५४ लाख बजेट रहेकोमा ९ अर्ब १ करोड ६४ लाख मात्रै खर्च गर्दै ७१।७१ प्रतिशत खर्च गरेको छ ।
प्रदेश पुँजीगततर्फ विनियोजन गरेको कुल १७ अर्ब ६५ करोड ४० लाख रुपैयाँमध्ये ११ अर्ब ९४ करोड ९७ लाख रुपैयाँ खर्च भएको छ ।
प्रदेशमा अझै दरबन्दी अनुसारको जनशक्ति नहुनु, कोरोना महामारी लगायतका कारण बजेट खर्च नभएको प्रदेश सरकारले दाबी गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #सुदूरपश्चिम प्रदेश, #सुदूरपश्चिम प्रदेश सरकार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्