एक्लाएक्लै प्रतिस्पर्धा गरे माओवादी र नेकपा एसको अस्तित्व नै मेटिनेछ: बालकृष्ण खाण
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले आगामी निर्वाचनमा एक्लाएक्लै प्रतिस्पर्धा गरे माओवादी केन्द्र र नेकपा एसको अस्तित्व नै मेटिने बताएका छन् ।
सोमबार कांग्रेस केन्द्रीय समिति बैठकमा गृहमन्त्री खाणले एक्लाएक्लै निर्वाचमा गए माओवादीले ८ र नेकपा एसले एक सिट मात्रै जित्ने दावी गरे ।
ति दलहरुले प्रत्यक्ष निर्वाचनमा नगण्य सिट जित्ने मन्त्री खाणको विश्लेषण छ ।
त्यस्तै, राप्रपा, जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले पनि एक एक सिट जित्न सक्ने खाणको भनाइ छ ।
एक्लै निर्वाच लड्दा कांग्रेसले ८० सिट र एमालेले ५७ सिट प्रत्यक्षतर्फ जित्ने खाणको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीले गरी १६ सिट जित्ने खाणले उल्लेख गरेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #गृहमन्त्री, #गृहमन्त्री बालकृष्ण खाँण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्