उपसभामुख भुसालले गरिन् पदवहाली
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले सपथ लिएकी छन् । उनले आइतबार पद तथा गोपनीयताको सपथ लिएकी हुन् । राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले भुसाललाई शपथ गराए ।
समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू सहभागी थिए । उपसभामुख भुसालले आइतबार नै सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पदबहाली पनि गरेकी छन् । उनी गत शुक्रबार उपसभामुखमा निर्वाचित भएकी हुन् ।
उनी सत्तारुण गठबन्धन दलको तर्फबाट उम्मेदवार बनेकी थिइन् । भुसालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईलाई पराजित गरेकी थिइन् । उपसभामुखमा निर्वाचित हुने क्रममा भुसालले १ सय ४८ मत प्राप्त गरेकी थिइन् ।
एमाले उम्मेदवार विद्या भट्टराईको पक्षमा भने ९३ मत मात्र परेको थियो । प्रतिनिधिसभाको उपसभामुख पद लामो समयदेखि रिक्त रहेको थियो । उपसभामुखमा निर्वाचित हुनका लागि तत्काल कायम रहेको सांसद संख्याको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ ।
प्रतिनिधिसभामा हाल २ सय ७१ सांसद छन् । जसको बहुमत १ सय ३६ हो । नेपाल मजदुर किसान पार्टी भने निर्वाचनमा सहभागी भएको थिएन । भुसाल दोस्रो प्रयासमा प्रतिनिधिसभाको उपसभामुख बनेकी हुन् । ०७४ सालमा भएको प्रतिनिधिसभाको उपसभामुख निर्वाचनमा उनी एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित भएकी थिइन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #उपसभामुख, #पुष्पा भुसाल, #प्रतिनिधिसभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्