बालाजु प्रहरी द्धारा अबैध घरेलु मदिरा नष्ट
काठमाडौ तारकेश्वर नगरपालिका मनमैजु ग्याडोलमा संचालन भइरहेको अबैध मदिरा बालाजु प्रहरीले नष्ट गरेको छ । स्थानिय बलराम तामाङको जग्गा भाडामा लिई टहराहरु बनाई अबैध घरेलु मदिरा उत्पादन तथा विक्री वितरण हुँदै आएको भन्ने सूचनाको आधारमा प्रहरीले सर्च अप्रेशन संचालन गर्दा सो मदिरा नष्ट गरिएको बालाजु प्रहरी प्रमुख चिरञ्जीवी कोइरालाले बताए ।

उनका अनुसार संखुवासभा खाँदवारी घर भई ग्याडोल बस्ने बर्ष ४० की फुर्पु शेर्पा, बर्ष ३५ की दावा शेर्पा समेतको समूहले ९ वटा अस्थायी टहराहरु बनाई व्यबसायिक तरिकाले अबैध घरेलु मदिरा उत्पादन तथा विक्री वितरण गरेको पाईएको छ । उत्पादित १,५६५ लिटर तयारी मदिरा र १९,३१० लिटर घरेलु मदिरा उत्पादन गर्न प्रयोग गरिने कच्चा पदार्थ गरी जम्मा २०,८७५ लिटर अबैध घरेलु मदिरा बरामद गरी तारकेश्वर न.पा.९ का वडा अध्यक्ष वलराम सापकोटा एवं स्थानिय वासिन्दाहरुको रोहबरमा रितपूर्वक नष्ट गरिएको सई ए.पी सोडारीले बताए ।
क्याटेगोरी : विशेष
ट्याग : #अबैध घरेलु मदिरा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्