बागी उम्मेदवारलाई एमाले बागमती प्रदेशले कारबाही गर्ने
काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश कमिटीको चौथो पूर्ण बैठकले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवार बनेका, बागी उम्मेदवारको प्रस्तावक, समर्थक तथा पार्टी उम्मेदवारको विरुद्ध विपक्षी उम्मेदवारलाई जिताउन सहयोग गर्ने नेता कार्यकर्तालाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ ।
पार्टी प्रदेश कमिटी अध्यक्ष केशवराज पाण्डेको अध्यक्षतामा सम्पन्न बैठकले पार्टी अनुशासनलाई कडाइका साथ कार्यान्वयन गराउन साउन १ गतेदेखि १५ गतेसम्म बागमती प्रदेशका १३ जिल्ला, एक सय १९ पालिका र ११ सय २१ वडामा पार्टी शुद्धीकरण तथा सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।
बैठकले साउन ४ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने निर्णय भएको बागमती प्रदेश कमिटीका उपसचिव तथा प्रचार विभाग प्रमुख महेश बर्तौलाले बताउनुभयो ।
बैठकलाई सम्बोधन गर्नुहुँदै एमाले उपाध्यक्ष विष्णु पौडेलले बागमती प्रदेशमा एमालेलाई विजयी गराउन सिङ्गो पार्टी पङ्क्तिलाई सक्रियतापूर्वक लाग्न निर्देशन दिनुभयो ।
बैठकमा एमाले स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ, पोलिटब्युरो सदस्य आनन्द प्रसाद पोखरेल, पार्वत गुरुङ, अरुण नेपाल, देवी ज्ञवाली, सुशीला नेपाल, कृष्ण राई, प्रदेश कमिटी सचिव विजय सुवेदी र उपसचिव महेश बर्तौलाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्