उपसभामुख प्रतिपक्षको हक हो : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले उपसभामुख पदमा प्रतिपक्षको हक हुने बताएका छन्।
उपसभामुखको निर्वाचन प्रक्रिया चलिरहेको संसद बैठकमा बोल्दै लिङ्देनले सत्तापक्षले सल्लाह गरेर उदारतापूर्वक प्रतिपक्षलाई दिनुपर्ने बताए।
‘संविधानमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्छ भनिएको छ’, उनले भने, यसको मनोभावना भनेको सभामुख सत्तापक्ष हुँदा उपसभामुख प्रतिपक्षको हुनुपर्ने भन्ने हो। त्यसैले उपसभामुख पनि सत्तापक्षले नै लिन खोज्ने कुरामा हामी सहमत हुन सक्दैनौं।’
उनले सैद्धान्तिक रुपमा प्रतिपक्षीको हक भएकाले सत्तापक्षका उम्मेदवारलाई समर्थन गर्न नसकिने जानकारी गराए। उपसभामुखमा सत्ता गठबन्धनले कांग्रेस नेतृ पुष्पा भुषाल र नेकपा एमालेले विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #राजेन्द्र लिङ्देन, #राष्ट्रिय प्रजातन्त्र पार्टी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्