राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट
काठमाडौँ। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटघाट गर्नुभएको छ।सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शुक्रबार उहाँहरुबीच शिष्टाचार भेट भएको हो।
भेटको सुरुमा अध्यक्ष तिमिल्सिनाले लामो कूटनीतिक अनुभव भएको व्यक्ति नेपालमा राजदूतको रुपमा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै राजदूत श्रीवास्तवको कार्यकालमा नेपाल-भारत सम्बन्धले थप उचाई प्राप्त गर्ने अपेक्षा गर्नुभयो।
अध्यक्ष तिमिल्सनाले नेपाल-भारतबीच सदियौँदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक, प्राविधिक तथा जनस्तरको सम्बन्ध रही आएको उल्लेख गर्दै भन्नुभयो, ‘नेपाल(भारत छिमेकी राष्ट्र मात्र नभई हाम्रो बहुआयामिक सम्बन्ध छ। हामी मध्ये कुनै एक देशलाई समस्या पर्दा अर्कालाई दुख्ने गर्दछ। त्यसैले हाम्रो सम्बन्ध विशेष छ।’
छिमेकी देश भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकारले आफ्नो ‘नेबरहुड फर्स्ट पोलिसी’ (Neighbourhood First Policy) अन्तर्गत छिमेकीहरू सँगको सम्बन्धलाई विशेष महत्त्व दिने नीतिको अध्यक्ष तिमिल्सिनाले प्रशंसा गर्नुभयो।
‘नेपाल र भारतबीचको बहुआयामिक एवं गहन सम्बन्धका विविध आयामलाई सुदृढ तुल्याउन दुई देशको सरकारले प्राथमिकता दिइरहेको छ,’ उहाँले भन्नुभयो, ‘त्यसको उदाहरणका लागि भारतका महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीज्यू नेपाललाई प्राथमिकता दिएर पाँच पटक राजनीतिक तथा धार्मिक भ्रमण गरिसक्नुभएको छ। नेपालको तर्फबाट पनि उच्चस्तरीय भ्रमणहरू भइरहेका छन्।’
अध्यक्ष तिमिल्सिनाले नेपाल र भारतको सीमा क्षेत्रमा वर्षेनी बाढी र डुबान कारणमा जनधनको क्षति हुने गरेको उल्लेख गर्दै यसको दीर्घकालीन समाधानका लागि सहकार्य र विगतमा दुई देशबीच भएका विभिन्न सम्झौताहरूको कार्यान्वयन आवश्यक रहेको बताउनुभयो।
भारत नेपालको एक महत्त्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले भारतले नेपालमा आर्थिक तथा प्राविधिक लगायत विभिन्न क्षेत्रमा पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो।
उहाँले दुई देशका संसदबीचको सम्बन्ध विस्तारका लागि नेपालको संघीय संसदमा नेपाल(भारत संसदीय मैत्री समूह रहेको र यसबाट दुई देशका संसदबीच सम्बन्ध अझ प्रगाढ हुने अपेक्षा राख्नुभयो।
अध्यक्ष तिमिल्सिनाले राजदूत श्रीवास्तवमार्फत भारतको राज्य सभाका सभापति वेनकाय नायडुको सुस्वास्थ्यको कामना तथा भारतीय जनताको प्रगति र समृद्धिको कामना गर्नुभयो। साथै सभापति नायडुलाई सन् २०२२ भित्र नेपाल भ्रमणका लागि राजदूतमार्फत आमन्त्रण समेत गर्नुभयो।
भेटका क्रममा राजदूत श्रीवास्तवले नेपाल(भारतबीचको लामो र मित्रवत् सम्बन्धलाई आफ्नो कूटनीतिक अनुभव र क्षमताको प्रयोग गरी थप मजबुद बनाउन भूमिका खेल्ने उल्लेख गर्नुभयो।
साथै उहाँले दुई देशबीच राजनीतिकसँगै आर्थिक सम्बन्धलाई पनि मजबुद र बिस्तार गर्नुपर्ने उल्लेख गर्नुभयो। राजदूत श्रीवास्तवले नेपाल र भारत बीचको व्यापारिक सन्तुलनका लागि जलविद्युत, पर्यटन र कृषिमा प्राथमिकताका साथ काम गर्नुपर्ने धारणा राख्नुभयो।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #गणेशप्रसाद तिमिल्सिना, #नवीन श्रीवास्तव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्