उपसभामुख पदका लागि मनोनयन दर्ता आज

काठमाडौँ। प्रतिनिधिसभाको रिक्त उपसभामुख पदमा हुने निर्वाचनका लागि आज उम्मेदवारीको सूचना दर्ता गर्ने कार्यक्रम तय गरिएको छ ।
दिउँसो ११ देखि १ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा उम्मेदवारीको सूचना दर्ता गर्ने र १:३० बजे दर्ता भएको सूचनाको सूची प्रकाशन गर्ने निर्वाचन कार्यक्रम रहेको छ ।
भोलि दिउँसो ३ बजे प्रतिनिधिसभाको बैठकमा निर्वाचन हुने छ । निर्वाचनको कार्यतालिका हिजो प्रकाशन गरिएको हो ।
यसैबीच गठबन्धनको तर्फबाट उपसभामुखको उम्मेदवार नेपाली काँग्रेसकी सांसद पुष्पा भुषाललाई अगाडि बढाउने काँग्रेसको तयारी छ ।
भुषालको उम्मेदवारीलाई गठबन्धनमा छलफल गरी सहमति जुटाएर अघि बढ्ने तयारी गरिएको नेता मीन विश्वकर्माले जानकारी दिनुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #उपसभामुख, #उपसभामुख पदमा हुने निर्वाचन, #प्रतिनिधिसभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्