विकासको गतिले तीव्रता पाउँछ: काँग्रेस नेता पौडेल
दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश एउटा गतिमा अगाडि बढिसकेकाले अब विकासको कामलाई तीव्रता दिने बताउनुभएको छ ।
तनहुँको भानु नगरपालिका–१ स्थित भन्सार युवा क्लबको आयोजनामा सञ्चालित भानु कप फुटबल प्रतियोगिताको समापन कार्यक्रममा उहाँले देशले निकास पाएकाले अब विकासका कामले पनि तीव्रता पाउने उल्लेख गर्नुभयो ।
संविधान निर्माण र संविधानको कार्यान्वयनले गर्दा विकासको काम केही समय रोकिएको बताउँदै वरिष्ठ नेता पौडेलले अब विकासको कामलाई पनि टुङ्गोमा पुर्याउने बताउनुभयो ।
उहाँले पाँच दलीय गठबन्धन कायमै रहने बताउनुभयो । स्थानीय तह निर्वाचनमा गरिएको गठबन्धन सफल भएको बताउँदै पौडेलले आगामी निर्वाचनसम्म गठबन्धनले निरन्तरता पाउने बताउनुभयो ।
पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्म गाउँलाई विश्वकै पर्यटकीय धार्मिक गन्तव्य बनाइने बताउनुभयो ।
यसैबीच पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आदिकवि भानुभक्त आचार्यको जन्मस्थललाई साहित्यिक धामका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । २०९औँ भानु जयन्तीका अवसरमा आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले आज भानु नगरपालिका–४ चुँदी रम्घामा आयोजना गरेको कार्यक्रममा पूर्वमन्त्री श्रेष्ठले यस ठाउँलाई साहित्यिक धामका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले भानुभक्तलाई वर्षको एक दिन मात्र नभई सधैँभर सम्झिनुपर्ने बताउनुभयो ।
भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले भानु जन्मस्थलको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।
आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष ऋषिराम पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, नेकपा (एकीकृत समाजवादी)का पोलिटव्यूरो सदस्य प्रतापलाल श्रेष्ठ लगायतले भानु जन्मस्थलको विकासका बारेमा धारणा राख्नुभएको थियो ।
भानु जयन्तीका अवसरमा आयोजित राष्ट्रिय स्तरको कविता प्रतियोगिताका विजेतालाई सोही अवसरमा पुरस्कार प्रदान गरिएको थियो ।
रासस
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #रामचन्द्र पौडेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्