सत्ता संगै किन परिबर्तन भयो तारकेश्वरको नारा ?
तारकेश्वर काठमाडौं । २०७४ सालको स्थानिय निर्वाचनमा नौं वटा वडा अध्यक्ष सहित बहुमत सदस्य जितेको नेकपा एमालेले बिरासत राखेको तारकेश्वर नगरपालिकामा २०७९ बैशाख ३० गतेको स्थानिय निर्वाचनमा नेपाली कांग्रेसले एमालेको बिरासतलाई उल्टाएको छ । एमालेको तर्फबाट मेयर भएका रामेश्वर बोहोराले गरेका केही नितिगत निर्णय , ऐन, कानुन र निर्देशिकाहरुलाई नेपाली कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिहरुको आफू अनुकुल संशोदन गर्ने खोजिएको एमाले जनको आरोप छ । ऐन र नियम संगैं अहिले नगरपालिकामा चर्चाको बिषय बनेको छ नगरपालिकाको नारा ।
मेयर रामेश्वर बोहराको पालामा तय गरिएको नारा ” पर्यटन कृषि र प्राकृतिक सौन्दर्यको शहर सांस्कृतिक तारकेश्वर नगर ” लाई बर्तमान मेयर कृष्णहरी मर्हजनले परिबर्तन गरि ” पहिचान , अपनत्व र अधिकार : दिगो बिकाशको आधार ” कायम गरिएको छ ।
नगरपालिकाकौ पहिचानको रुपमा तय गरिएको नारा परिवर्तन गर्दा कांग्रेसले एक पक्ष रुपमा निर्णय गर्नु उचित नहुने एमाले नगर कमिटिका अध्यक्ष बासु गौतमको तर्क छ । हामीले नगरपालिकाको नारा तय गर्दा बिभिन्न बुद्धिजीवी बर्ग , राजनैतिक दल एवं सरोकारवालाहरु संगको राय र परामर्श अनुसार तय गरेका थियौं तर हाल परिबर्तन गर्न आवश्यक नरहेको अध्यक्ष गौतमको भनाई छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वर नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्