राप्रपा महिला संघको बैठकमा कुटपिट

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संघको आइतबार बसेको बैठकमा कुटाकुट भएको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा दुई पक्षबीच कुटाकुट भएको हो ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिन अघि राप्रपा महिला संघको अध्यक्षमा अन्जना रावल शाहलाई नियुक्त गरेका थिए ।
पार्टी बाहिरको मान्छे शाहलाई अध्यक्ष नियुक्त गरेको भन्दै कुमारी तामाङलगायतको समुहले विरोध गरेका थिए ।
आजको पहिलो बैठकमा उनीहरुले विरोध गरेका हुन् ।
विवादपछि दुई पक्षबीच भनाभन हुँदै हानाहानसम्म पुगेको हो । हानाहानको क्रममा राप्रपाका महामन्त्रीद्वय कुन्ती शाही र राजेन्द्र गुरुङसहित केही घाइते भएका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #राष्ट्रिय प्रजातन्त्र पार्टी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्