मतगणना नसकिँदै बुढीगंगामा एमालेको विजय सुनिश्चित
काठमाडौँ। बाजुराको बुढीगंगा नगरपालिकाको मेयर तथा उपमेयर पदमा नेकपा एमालेका उम्मेदवार विजयी हुन सुनिश्चित भएको छ । आइतबार प्राप्त पछिल्लो मत परिणामअनुसार करिब ५०० मत गन्न बाँकी हुँदा मेयर र उपमेयरका उम्मेदवारले सो भन्दा बढीको अग्रता बनाइसकेका छन् ।
खसेको मध्ये ८ हजार ६१७ गणना हुँदा एमालेबाट मेयरका उम्मेदवार रामबहादुर खातीले ४ हजार ५५५ मत पाएका छन् । यस्तै नेपाली काँग्रेसका उम्मेदवार रंगबहादुर खातीले ३५९७ मत पाएका छन् । उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ४ हजार ४८० मत पाउँदा काँग्रेस उम्मेदवार रिता शाही मात्र ३ हजार ६०० मत पाएकी छन् ।
बुढीगंगामा कुल ९ हजार ११७ मत खसेको थियो । बुढीगंगाको अन्तिम नतिजा आएसँगै वैशाख ३० मा भएको स्थानीय तह निर्वाचन औपचारिक मैझारो हुनेछ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा एमाले, #नेपाली कांग्रेस, #बुढीगंगा नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्