मतगणना नसकिँदै बुढीगंगामा एमालेको विजय सुनिश्चित

काठमाडौँ। बाजुराको बुढीगंगा नगरपालिकाको मेयर तथा उपमेयर पदमा नेकपा एमालेका उम्मेदवार विजयी हुन सुनिश्चित भएको छ । आइतबार प्राप्त पछिल्लो मत परिणामअनुसार करिब ५०० मत गन्न बाँकी हुँदा मेयर र उपमेयरका उम्मेदवारले सो भन्दा बढीको अग्रता बनाइसकेका छन् ।
खसेको मध्ये ८ हजार ६१७ गणना हुँदा एमालेबाट मेयरका उम्मेदवार रामबहादुर खातीले ४ हजार ५५५ मत पाएका छन् । यस्तै नेपाली काँग्रेसका उम्मेदवार रंगबहादुर खातीले ३५९७ मत पाएका छन् । उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ४ हजार ४८० मत पाउँदा काँग्रेस उम्मेदवार रिता शाही मात्र ३ हजार ६०० मत पाएकी छन् ।
बुढीगंगामा कुल ९ हजार ११७ मत खसेको थियो । बुढीगंगाको अन्तिम नतिजा आएसँगै वैशाख ३० मा भएको स्थानीय तह निर्वाचन औपचारिक मैझारो हुनेछ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा एमाले, #नेपाली कांग्रेस, #बुढीगंगा नगरपालिका
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्