बुद्धभूमि नेपाललाई द्वन्द्वबाट टाढा राख्नुपर्छ : माधवकुमार नेपाल
रुपन्देही ।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बुद्धभूमि नेपाललाई युद्धबाट अक्षुण्ण राख्नुपर्ने बताउनुभएको छ ।
विश्वमा युद्धको कालो बादल मडारिएको जनाउँदै उहाँले एसियामा पनि त्यसको लक्षण देखिपरेकाले सचेत रहनुपर्ने बताउनुभयो ।
“बुद्धको शान्ति भूमिलाई द्वन्द्वबाट टाढा राख्नुपर्छ”, समाजवादी प्रेस सङ्गठन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “राष्ट्रिय हितका विषयमा हामी एकताबद्ध हुनुपर्छ ।”
राष्ट्रिय हित र सुरक्षालाई केन्द्र विन्दुमा राखेर छिमेकी र अन्य मुलुकसँगको सम्बद्ध विस्तार गर्दै जानुपर्ने उहाँले बताउनुभयो । नेपाल असंलग्न परराष्ट्र नीतिको पक्षमा रहेकाले यसैमा अडिग रहेर अन्तर्राष्ट्रिय सन्धि–सम्झौता गर्नुपर्ने उहाँको भनाइ छ ।
अध्यक्ष नेपालले पाँच दलीय गठबन्धन पनि यही नीतिका पक्षमा रहेर अस्थिरताबाट देशलाई जोगाउने काम गरेको बताउनुभयो । पाँच दलीय गठबन्धनबाट सरकारका विभिन्न पदमा रहेका मन्त्रीतर्फ इङ्गित गर्दै उहाँले देश र जनताप्रति सेवा भाव र समर्पण भाव राख्नुपर्ने बताउनुभयो । “देखाउने दाँत एउटा र खाने अर्को नहोस् । भित्र बाहिर एउटै होस् । जनताले खोजेको त्यही हो”, अध्यक्ष नेपालले भन्नुभयो ।
सङ्घ र प्रदेशको निर्वाचनमा पनि पाँच दलीय गठबन्धनबीच सहकार्य रहने बताउँदै उहाँले अहिलेको अवस्थामा यो आवश्यक रहेको उल्लेख गर्नुभयो । आगामी निर्वाचनको मिति घोषणा भए लगत्तै सही नीति र दृष्टिकोण बोकेर पार्टी जनतामा जाने तयारी गरेको उहाँले बताउनुभयो ।
पत्रकार सम्मेलनमा पत्रकारले राखेको जिज्ञासाको जवाफ दिँदै उहाँले आगामी निर्वाचनमा नेकपा ९एमाले०सँगको सहकार्य सम्भव नभएको प्रष्ट पार्नुभयो । “एमालेसँग गठबन्धन गर्नका लागि ढोका बन्द छ, ढोका बन्द भएपछि कुनै सम्भावना रहने कुरा भएन । हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ । गलत प्रवृत्तिले गर्दा हानी–नोक्सानी के–के भयो सबैले मम गरौँ”, उहाँले भन्नुभयो ।
अध्यक्ष नेपालले गत स्थानीय तहको निर्वाचनमा मतपत्रको व्यवस्था, मतदाता शिक्षा, घरदैलो र सबै स्थानीय तहमा उम्मेदवारी दिन नसक्दा नौ लाख २७ हजार मत मात्रै प्राप्त गरेको जनाउँदै उहाँले अब सङ्घीय निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको बताउनुभयो ।
काँग्रेसमा भएको चरम गुटबन्दीले स्थानीय तह निर्वाचनमा उम्मेदवारको टुङ्गो लगाउन समस्या भए पनि समाजवादीमा सहज तरिकाले दुई तिहाइ स्थानमा एक्लै उम्मेदवारी दिँदा पनि सानदार जित हासिल गरेको बताउनुभयो । रासस
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #माधवकुमार नेपाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्