स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेलाई माओवादी केन्द्रले कारबाही गर्ने
काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज बसेको बैठकले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेमाथि कारबाही गर्नेदेखि विद्यार्थी संगठनमा देखिएको समस्या समाधान गर्न छानबिन गर्नेसम्मका निर्णय गरेको छ।
केन्द्रीय कार्यालयमा आज बसेको स्थायी कमिटी बैठकले विभिन्न चार वटा निर्णय गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए । केन्द्रीय समितिको बैठकपछिको पहिलो स्थायी कमिटीको बैठकले गरेको निर्णयहरू यी हुन् ।
१. स्थानीय तह निर्वाचनमा घात अन्तर्घात गरेको आवाज उठेपछि र कतिपय केन्द्रीय सदस्यकाविरुद्ध समेत प्रश्न उठेकाले तीन जनाको छानबिन समिति गठन गरेको छ । पार्टीको अनुशासन विभागका संयोजक टंक राईको अध्यक्षतामा मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहेको समिति गठन भएको हो ।
२. पार्टीको विद्यार्थी संगठनमा रहेको समस्या समाधान गर्न पूर्व विद्यार्थी नेताहरु रेमश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेको सुझाव समिति गठन गरिएको छ । अब उनीको सुझावको आधारमा स्थायी कमिटीले आवश्यक निर्णय गर्ने छ ।
३. प्रदेश कमिटी र केन्द्रीय समितिबीच समन्वय कायम गर्न इन्चार्जको नेतृत्वमा प्रदेश समन्वय समिति गठन गरिएको छ । यो समिति आगामी निर्वाचनसम्मका लागि मात्रै हो । यसमा केन्द्रीय सदस्यहरु सबै र प्रदेशका पदाधिकारी सबै रहनेछन् ।
४. प्रदेशहरूमा प्रशिक्षण र बैठकहरू गर्ने । १६ साउनमा सुरु भएका बैठकहरू ३ भाद्रमा सकिनेछन् । १८ साउनमा गण्डकीमा, २० साउन प्रदेश १ मा, २४ साउनमा लुम्बिनी, २८ साउनमा सुदूरपश्चिममा, २९ साउन कर्णालीमा, ३० साउन विशेष, १ भदौ सम्पर्क समन्वय, ३ भदौमा प्रवास बैठक हुनेछ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा ( माओवादी केन्द्र
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्