बाजुराको बुढीगंगा नगरपालिकामा मतदान सुरु
बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा मतदान सुरु भएको छ । नगरपालिकाको १० वटै वडाका १० मतदानस्थल तथा १९ मतदान केन्द्रमा पुन मतदान सुरु भएको हो । आज बिहान ७ : ००बजे बाटै सबै मतदान स्थलमा शान्तिपुर्ण वातावरणमा मतदान सुरु भएको प्रमुख निर्वाचन अधिकारी माधव घिमिरेले बताउनु भयो ।
बुढिंगामा १२ हजार ६ सय ५९ मतदाता छन् । बूढीगंगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार हुनुहुन्छ ।
यसअघि गत वैशाख ३० को मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि बूढीगंगामा आज पुनः निर्वाचन गरिदै छ । गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो ।
आज भइरहेको मतदानका लागि सबै मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।निर्वाचनमा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहितका १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।
निर्वाचन आयोगले पुनः निर्वाचन गर्नका लागि नयाँ निर्वाचन अधिकृतको रुपमा लक्ष्मण बहादुर कडायतलाई तोकेको छ । यसैगरी सरकारले पनि पहिलेका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलको सट्टा प्रकाशचन्द्र अधिकारीलाई बाजुराको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व पनि सरकारले फेरेको छ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #बुढीगंगा नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्