माओवादी केन्द्र को केन्द्रीय समिति बैठक भोलि सम्मका लागि स्थगन
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक भोलि सम्मका लागि स्थगन भएको छ । पार्टी अध्यक्षसहित शीर्ष नेता संसद् बैठकमा सहभागी हुनुपर्ने भएपछि आजका लागि तोकिएको बैठक बिहीबारसम्मका लागि स्थगन भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । बैठक आज १ बजे बस्ने तय भएको थियो ।
अर्को बैठक बिहीबार बिहान ११ बजे कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा सुरु हुनेछ । शीर्ष नेताको कार्यव्यस्तताका कारण केन्द्रीय समिति बैठक मङ्गलबार पनि स्थगन भएको थियो । माओवादीको बैठक आइतबारदेखि सुरु भएको हो । बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको थियो ।
बैठक स्थगन भएसँगै अध्यक्ष दाहालको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम रोकिएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा ( माओवादी केन्द्र
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्