माओवादी केन्द्र को केन्द्रीय समिति बैठक भोलि सम्मका लागि स्थगन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक भोलि सम्मका लागि स्थगन भएको छ । पार्टी अध्यक्षसहित शीर्ष नेता संसद् बैठकमा सहभागी हुनुपर्ने भएपछि आजका लागि तोकिएको बैठक बिहीबारसम्मका लागि स्थगन भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । बैठक आज १ बजे बस्ने तय भएको थियो ।
अर्को बैठक बिहीबार बिहान ११ बजे कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा सुरु हुनेछ । शीर्ष नेताको कार्यव्यस्तताका कारण केन्द्रीय समिति बैठक मङ्गलबार पनि स्थगन भएको थियो । माओवादीको बैठक आइतबारदेखि सुरु भएको हो । बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको थियो ।
बैठक स्थगन भएसँगै अध्यक्ष दाहालको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम रोकिएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा ( माओवादी केन्द्र
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्