Techie IT
सोमबार, वैशाख २२,२०८२

युक्रेनका राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच वार्ता


किभ। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किी र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच कुराकानी भएको छ । उहाँहरुका बीचमा युक्रेनको पछिल्लो सुरक्षाका सम्बन्धमा कुराकानी भएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले जानकारी दिनुभएको छ ।

उहाँले मङ्गलबार ट्वीट गर्दै आफूले बेलायती प्रधानमन्त्रीसँग फोनमा कुराकानी गरेको र त्यस समयमा युक्रेनको अवस्था र शान्ति सुरक्षाका विभिन्न विषयमा कुराकानी भएको जानकारी दिनुभएको छ ।

त्यस वार्ताका क्रममा आफूले बेलायती प्रधानमन्त्रीलाई धन्यवाद दिएको पनि बताउनुभएको थियो । बेलायत सरकारले हालैमात्र गरेको एक निर्णयमा युक्रेनलाई १।२ अर्ब अमेरिकी डलर बराबरको सुरक्षा सहयोग गर्ने निर्णय गरेको थियो ।

त्यसैका लागि आफूले बेलायत सरकारलाई धन्यवाद दिएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले जानकारी दिनुभएको हो ।सो वार्तामा उहाँहरुका बीचमा विश्वमा देखा परिरहेको खाद्यान्नको अभाव र युक्रेनका लागि आवश्यक सहयोगका विषयमा पनि कुराकानी भएको थियो ।

साथै आगामी वर्ष बेलायतले युक्रेनको पुनर्निर्माणसम्बन्धी विश्व सम्मेलनको आयोजना गर्न लागेको बताइएको छ । त्यसका लागि पनि आफूले बेलायत सरकारलाई धन्यवाद ज्ञापन गरेको राष्ट्रपति जेलिन्स्किीले जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।सिन्ह्वा


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #बोरिस जोनसन, #भोलोडिमिर जेलिन्स्किी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Thunder
5:19 am6:41 pm +0545