सिसिटिभि फुटेज गायव पार्न प्रधानमन्त्रीको पनि मिलेमतो छ : शंकर पोखरेल

कैलाली । नेकपा एमालेका महासचिव एवं पूर्व मुख्यमन्त्री शंकर पोखरेलले बजेट निर्माण प्रकरण र उक्त घटना छुपाउन अर्थ मन्त्रालयले सिसिटिभी फुटेज गायब पारेको घटनामा अर्थमन्त्रीसँगै प्रधानमन्त्रीको पनि मिलेमतो रहेको आरोप लगाउनुभएको छ ।
प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै महासचिव पोखरेलले कांग्रेसकै सांसद पनि मुछिएका कारण प्रधानमन्त्रीको पनि मिलेमतो रहेको बताउनुभयो ।
गठबन्धन सरकार पूर्णरूपमा असफल भएको भन्दै पोखरेलले एमालेलाई विस्थापित गर्दा मुलुकले दुर्भाग्य बेहोर्न बाध्य भएको बताउनुभयो । ‘अर्थतन्त्र डामाडोल छ । मूल्यवृद्धि अत्यधिक छ । पुँजीगत खर्च लकडाउनमा भन्दा पनि खराब भएको छ त्यस अर्थमा ५ दल असफल भएको छ’, उहाँले भन्नुभयो ।
स्थानीय तहको निर्वाचनमा पूर्णरूपमा घेराबन्दी गरेर एमाले सक्ने रणनीति पाँच दलको भएपनि त्यो असफल भएको उहाँले बताउनुभयो । आगामी निर्वाचनमा एमालेले अझ राम्रो नतिजा ल्याउने पोखरेलको विश्वास छ ।
‘सरकार असफल छ त्यसको विरुद्धमा हामी चुनावमा जान्छौं । नेकपा एमालेलाई बलियो शक्तिको रूपमा स्थापित गरेर अघि बढ्छौं । आउने निर्वाचनमा बहुमत ल्याउँछौं’, उहाँले भन्नुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #नेकपा एमाले, #शंकर पोखरेल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्