नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन र शुभेच्छुक संस्थाको विधान परिमार्जन र पारित गर्ने सन्दर्भमा छलफल गर्न मङ्गलबार दिउँसो पदाधिकारी बैठक बस्दैछ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको असार २७ गते बस्ने बैठकको कार्यसूचीमाथि छलफल गर्नका लागि पदाधिकारी बैठक बस्ने भएको हो ।मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदाधिकारी बैठकमा केन्द्रीय कार्यसमिति बैठकको कार्यसूचीबारे छलफल हुने बताउँदै पार्टीका विभाग गठन र भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको परिमार्जित विधानका सन्दर्भमा कुराकानी हुने उल्लेख गर्नुभयो ।
सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले पदाधिकारी बैठकमा मूलतः भ्रातृ संस्थाकै विषयमा छलफल हुने भए पनि अन्य समसामयिक एजेन्डाहरू पनि रहने बताउनुभयो । उहाँले विधान परिमार्जन र पारित गर्नका लागि पार्टीभित्र सहमति निर्माणका लागि छलफल हुने बताउनुभयो ।
सहमहामन्त्री जीवन परियारले पार्टीभित्रका फरक मतलाई नेतृत्वले सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “केन्द्रीय कार्यसमितिको बैठकका सन्दर्भमा कुराकानी हुन्छ । साथै हामीले पार्टीलाई गतिशील बनाउन उठाएका विषयमा पनि केही सरसल्लाह हुने नै छ ।”
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेपाली कांग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्