मधेश प्रदेश सभामा अगामी आर्थिक वर्षको बजेट माथिको छलफल शुरु
जनकपुरधाम । मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९÷८० का पेश गरेको बजेट माथिको छलफल शुरु भएको छ ।
बैठकमा सहभागी भएका विभिन्न दलका प्रदेश सभाका सदस्यहरूले प्राधिकरणको नाउँमा कर्मचारी भर्ना गर्ने, फजुल खर्च गर्ने, विलासी सामानहरू किन्ने तथा कृषि अनुदानको नाउँमा व्यापक आर्थिक अनियमितता हुने भन्दै यसमा रोक लगाउनु पर्ने धारणा राख्नु भयो ।
सहभागीहरूले मधेश प्रदेशको शिक्षा, स्वास्थ्य कृषि क्षेत्रको विकासमा विशेष ध्यान दिनु पर्ने, पूर्वाधारको निर्माणले मात्र अहिलेको मानव सूचकाङ्कको अवस्थामा सुधार गर्न नसकिने बताउनु भयो ।
विगतमा आएका कतिपय कुराहरू कार्यान्वयन नभएपनि यस पटक थप राम्रा कुराहरू आएकाले त्यसको कार्यान्वयनमा जोड दिनु पर्ने धारणा राख्नु भयो ।
यसरी धारणा राख्नु हुनेमा जसपाका उपनेता रामआशिष यादव, नेकपा एमालेका सुन्दर बहादुर विश्वकर्मा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रमुख सचेतक परमेश्वर साह, नेपाली काँग्रेसका शिवचन्द्र चौधरीले पनि बोल्नु भएको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #मधेश प्रदेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्