Techie IT
शनिबार, जेठ ४,२०८२

सुदूरपश्चिमको प्रदेशसभा बैठक स्थगित


सुदूरपश्चिम प्रदेश सरकारको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथि छलफल गर्न बिहीबार बोलाइएको प्रदेशसभाको बैठकमा प्रदेश सांसदहरुले बजेट संशोधन गर्नुपर्ने अडान राखेपछि अनिश्चितकालका लागि बैठक स्थगित भएको हो ।

सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलका प्रदेशसभा सदस्यहरुले संशोधन गर्नुपर्ने अडान राखेका छन् । यसअघि जेठ १२ गते सभामुख अर्जुनबहादुर थापाले बोलाएको बैठक बस्न नसकेपछि असार १६ गते बिहीबार दिउँसो ३ बजेका लागि बोलाएका थिए

तर, प्रदेश सांसदहरुले बजेट संशोधनको अडान कायमै राखेपछि अनिश्चितकालका लागि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #सुदूरपश्चिम प्रदेश सरकार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:11 am6:48 pm +0545