Techie IT
शनिबार, असार ७,२०८२

एसपीपीका सम्पूर्ण चिठी संसदमा पेश गर्न नेम्वाङको आग्रह


काठमाडौँ। नेकपा (एमाले) संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले सरकारलाई अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)का लेखिएका सबै पत्र संसदमा पेश गर्न आग्रह गरेका छन् ।

केपी शर्मा ओली प्रधानमन्त्री भएको १५ दिनपछि नेपाली सेनाका प्रधानसेनापतिले २०१५ मा अमेरिकी दूतावासलाई पत्र लेखेको उल्लेख गर्दै यसको वैधानिकतामाथि प्रश्न उठेको नेम्वाङको भनाइ छ ।

बिहीबार संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा पूर्वसभामुख समेत रहेका नेम्वाङले यो संवेदनशील विषयलाई यत्तिकै छोड्न नहुने जिकिर गरे । उनले अघि भने, ‘सम्पूर्ण चिठीहरु रक्षा मन्त्रालयमा छ । मेरो आग्रह छ, सबै चिठी खारकखुरुक संसदमा प्रस्तुत गरिदिनुस् न प्रधानमन्त्रीज्यू । जोजो संलग्न छन्, देखिन्छ नि ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #सुवासचन्द्र नेम्वाङ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Mostly Cloudy
5:07 am7:03 pm +0545