म विरुद्ध पक्राउ पुर्जी जारी गरिनु प्रतिसोधको पराकाष्ठा: अध्यक्ष महर्जन
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ४ का अध्यक्ष दिनेश महर्जनले १२ हजार वृद्ध भत्ता हिनामिना गरेको भन्दै आफु विरुद्ध पक्राउ पुर्जी जारी गरिनु पार्टीगत प्रतिसोधको पराकाष्ठा रहेको बताउनुभएको छ ।
सो प्रकरणमा आफ्नो प्रत्यक्ष संलग्नता नरहेको र सो विषय सामान्य मानवीय त्रुटी मात्र भएको बताउदै अध्यक्ष श्रेष्ठले चुनावमा आफु संग पराजित भएकाहरुले शक्ति र सत्ताको चरम दुरुपयोग गरि अपराधी बनाई पक्राउ जारी गरिएकोमा दुख समेत व्यक्त गर्नुभयो ।
अख्तियारले सफाइ दिएको र जिल्ला सरकारी वकिलको कार्यलयले खोल्नु नपर्ने भनि थन्काएको मुद्दामा पहिला वडा अध्यक्ष मोहन बिष्ट लगायत भनि सम्बोधन गरिएको भएपनि अहिले दिनेश महर्जन सहित भन्ने बनाएर पक्राउ पुर्जी जारी गर्नु केवल राजनीतिक प्रतिसोध बाहेक केहि नभएको बताउदै महर्जनले वडावासीको शिर निहुराउने काम कहिले पनि नगरेको र नगर्ने प्रतिवदत्ता व्यक्त गर्नुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #दिनेश महर्जन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्