पोखरीमा डुबेर दुईजना बालकको मृत्यु
धनकुटा- धनकुटामा पोखरीमा डुबेर दुईजना बालकको मृत्यु भएको छ । धनकुटा नगरपालिका-६ पात्लेखोला किनारामा रहेको धनकुटा एग्रो टुरिजम फन एण्ड भ्यालीले पर्यटकका लागि बोटिङ गर्न र माछापालनका लागि बनाएको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको हो ।
पोखरीमा पौडि खेल्ने क्रममा धनकुटा नगरपालिका-५ का १५ वर्षिय स्वर्णीम राई र धनकुटा नगरपालिका-२ का १५ वर्षिय उदय राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पौडि खेल्ने क्रममा पोखरीमा डुबेर दुवैजनाको धनकुटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घरबाट स्वर्णीम र उदयसँगै गएका धनकुटा नगरपालिका-५ का सन्देश राई भने सकुशल रहेका छन् ।
घरबाट बिहान ६ बजे निस्केर ११ बजे पोखरीमा पुगेको र पौडि खेल्ने क्रममा हराएपछि नजिकै वस्तीमा गएर मान्छे बोलाएर ल्याई डुविरहेका दुवैलाई निकालिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #डुबेर बालकको मृत्यु, #बालकको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्