कारागारभित्र हुने मृत्युका घटना छानविन गर्न सरकार पूर्ण असफल : एड्भोकेसी फोरम नेपाल

काठमाडौं। एड्भोकेसी फोरम नेपाल (वकालत मञ्च नेपाल)ले प्रहरी, सेना वा कारागार अधिकारीहरूको नियन्त्रणभित्र हुने मृत्युका घटनाहरूको प्रभावकारी अनुसन्धान एवम् जवाफदेहिताको खोजी गर्ने संयन्त्रहरु लागू गर्न नेपाल सरकार पूर्णरुपमा असफल भएको बताएको छ ।
आफ्नो वार्षिक प्रतिवेदन ‘नेपालमा हिरासतमा हुने मृत्यहरू : अनुसन्धान र रोकथामको संरचना निर्माण’ (२०२१) सार्वजनिक गर्दै फोरमले यातना, दुब्र्यवहारलगायत अपर्याप्त स्वास्थ्य सेवा एवम् व्यवस्थापकीय लापरवाहीका कारण हिरासतमा भएका दर्जनौं मृत्युका घटनाहरु र त्यसलाई प्रोत्साहित गर्ने प्रणालीगत असफलताप्रति सरोकारवालाहरुको ध्यानाकर्षण समेत गराएको छ ।
‘राज्यका जिम्मेवार अधिकारीहरूबाट न यस्ता मृत्युका घटनाहरूको पारदर्शी, निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्ने पहल भएको छ, न त भविष्यमा थप घटनाहरू घट्नबाट रोक्न कुनै निर्देशनहरू नै जारी भएका छन् । अन्ततः यसले प्रहरी, सेना वा कारागार अधिकारीहरूको नियन्त्रणभित्र हुने यस्ता मृत्युका घटनाहरूको प्रभावकारी अनुसन्धान एवं जवाफदेहिताको खोजी गर्ने संयन्त्रहरू लागू गर्न नेपाल सरकार पूर्णरुपमा असफल रहेको देखाउँछ,’ प्रतिवेदनमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय मार्गनिर्देशनहरूका बावजुद, कानून कार्यान्वयन गर्ने अधिकारीहरू यस्ता मृत्युका घटनाहरुसँग सम्बन्धित आरोपहरूको अनुसन्धान गर्न र जिम्मेवारहरूलाई न्यायको दायरामा ल्याउन निरन्तर असफल रहेका छन् ।
पूरा विज्ञप्ति–
क्याटेगोरी : समाचार
ट्याग : #hot, #एड्भोकेसी फोरम नेपाल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्