काठमाडौंका मतदाताहरुलाई सहजता पुर्वक नामावालीमा समावेश गराउन एमाले काठमाडौंको ध्यानाकर्षण
११ वटै पालिकामा निर्वाचन कार्यालय स्थापना गर्न माग
काठमाडौं । नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीले कानुन बमोजिम मतदाता नामावलीमा नाम दर्ता हुन योग्य नेपाली नागरिकको मतदाता नामावली सहजता पुर्वक मतदाता नामावालीमा समावेश गराउन ध्यानाकर्षण गराएको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ज्ञापा पत्र बुझाउँदै आसन्न दिनमा सम्पन्न हुने संघ तथा प्रदेशसभा निर्वाचन समेतलाई मध्यनजर राख्दै निर्वाचन आयोगको नियमित कामलाई व्यवस्थिति गर्न जिल्ला निर्वाचन कार्यालय काठमाडौँबाट मतदाता नामावलीमा नाम समावेश गर्ने काम भईरहेको तर अब्यवस्थीत भएको उल्लेख छ 𑅁
वर्तमान सरकार नागरिकहरुको सहजताको चाहना पुरा होस् भन्ने सकारात्मक चिन्तनले कुनै पनि बिषयमा योजना बनाएर कार्यान्वन गर्ने पक्षमा देखिदैन तसर्थ
कानुन बमोजिम मतदाता नामावलीमा नाम दर्ता हुन योग्य नेपाली नागरिकले मतदाता नामावली सहजता पुर्वक आफ्नो नाम मतदाता नामावालीमा समावेश गराउन ध्यानाकर्षण गराएको छ 𑅁
जिल्ला निर्वाचन कार्यालय काठमाडौँको वरिपरी बिहान देखि बेलुका साँझसम्म काठमाडौँ वासीहरु मतदाता नामावलीमा आफ्नो नाम समावेश गर्न लाईनमा बसेर थकित हुनु पर्ने अवस्था रहेको र भूगोल अनुसार जिल्ला निर्वाचन कार्यालय आइपुग्दा पनि निकै समय लाग्ने सकेसम्म प्रत्यक वडा वडामा त्यो कार्य सम्पादन गर्नु अथवा नसक्ने परिस्थितिमा ११ वटै पालिकामा निर्वाचन कार्यालय व्यवस्थित गरेर अनिवार्य रुपमा मतदाता नामावलीमा नाम समावेश गर्ने काठमाडौँका प्रमुख जिल्ला अधिकारी ध्यानाकार्षण पत्र प्रस्तुत गरेको छ𑅁


क्याटेगोरी : समाचार
ट्याग : #एमाले काठमाडौं
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्