जिसस दोलखाको प्रमुखमा माओवादी र उपप्रमुखमा एकीकृत समाजवादी विजयी
दोलखा । जिल्ला समन्वय समिति दोलखामा सत्तारूढ गठबन्धनको प्यानल विजयी भएको छ । प्रमुखमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का बर्जूराम घतानी र उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का दोर्जी शेर्पा विजयी हुनुभएको हो ।
कूल १८ मतमा गठबन्धनका प्रमुख र उपप्रमुखले ११ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार ऋषिकेस उप्रेती र उपप्रमुखका उम्मेदवार गोमा केसीले ७–७ मत प्राप्त गर्नुभयो । सदस्यहरूमा कृष्ण श्रेष्ठ, कल्पना थामी, अनिल तामाङ, निलम ठकुरी, मेनुका चौलागाईं, सन्तेन्जु शेर्पा र टसि शेर्पा निर्वाचित हुनुभएको छ । रासस
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #जिल्ला समन्वय समिति दोलखा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्