प्रेमीकी श्रीमती र छोरी कुट्ने लुम्बिनीकी मन्त्री विमलालाई जिप्रका लगियो

दाङ। लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई जिल्ला प्रहरी कार्यालय दाङ लगिएको छ ।
प्रेमीको श्रीमती र छोरीलाई कुटपिट गरेपछि प्रहरीको नियन्त्रणमा रहेकी उनलाई लगिएको हो ।
उनीमाथि परेको मुद्दा जिप्रकाबाटै अघि बढाइने दाङ प्रहरीले जनाएको छ ।
विमलाले मंगलबार बिहान प्रेमी एकराज बस्नेतको तुलसीपुर ५ आलुमण्डीस्थित घरमै गएर एकराजकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी छोरीलाई कुटपिट गरेकी थिइन् । हातपात गर्दा भण्डारीलाई चोटपटक लाग्नुका साथै कुर्ता समेत च्यातिएको थियो ।
विमला एकराजको घरमा पीएसओसहित झण्डावाल गाडीमा पुगेकी थिइन् । प्रहरीले विमलालाई इप्रकाबाट निकाल्दा स्थानीयले नाराबाजी गरेका थिए । त्यसपछि प्रहरीले जिप्रकातर्फ लगेको हो।
प्रहरीले पीडितका घाउ जाँच गराएको छ । श्रीमानको प्रेमिकाबाट कुटिएकी बस्नेतले स्वास्थ्य राज्यमन्त्री वलीविरुद्ध जाहेरी दिन जिप्रका दाङ जाँदै छिन् । उनले स्थानीय एक वकिलकहाँ पुगेर निवेदन तयार पारेकी थिइन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #विमलाकुमारी खत्री वली
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्