प्रेमीकी श्रीमती र छोरी कुट्ने लुम्बिनीकी मन्त्री विमलालाई जिप्रका लगियो
दाङ। लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई जिल्ला प्रहरी कार्यालय दाङ लगिएको छ ।
प्रेमीको श्रीमती र छोरीलाई कुटपिट गरेपछि प्रहरीको नियन्त्रणमा रहेकी उनलाई लगिएको हो ।
उनीमाथि परेको मुद्दा जिप्रकाबाटै अघि बढाइने दाङ प्रहरीले जनाएको छ ।
विमलाले मंगलबार बिहान प्रेमी एकराज बस्नेतको तुलसीपुर ५ आलुमण्डीस्थित घरमै गएर एकराजकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी छोरीलाई कुटपिट गरेकी थिइन् । हातपात गर्दा भण्डारीलाई चोटपटक लाग्नुका साथै कुर्ता समेत च्यातिएको थियो ।
विमला एकराजको घरमा पीएसओसहित झण्डावाल गाडीमा पुगेकी थिइन् । प्रहरीले विमलालाई इप्रकाबाट निकाल्दा स्थानीयले नाराबाजी गरेका थिए । त्यसपछि प्रहरीले जिप्रकातर्फ लगेको हो।
प्रहरीले पीडितका घाउ जाँच गराएको छ । श्रीमानको प्रेमिकाबाट कुटिएकी बस्नेतले स्वास्थ्य राज्यमन्त्री वलीविरुद्ध जाहेरी दिन जिप्रका दाङ जाँदै छिन् । उनले स्थानीय एक वकिलकहाँ पुगेर निवेदन तयार पारेकी थिइन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #विमलाकुमारी खत्री वली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्