Techie IT
शुक्रबार, असार ६,२०८२

सबै विद्यार्थीलाई सहुलियत चुलोको व्यवस्था गर्न नेपाल विद्यार्थी संघको माग


नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ नेविसंघ ले सरकारद्वारा सहुलियत दरमा वितरण गरिने भनिएको विधुतिय चुल्हो सबै विद्यार्थीहरुलाई वितरण गर्न माग गरेको छ ।

नेविसंघले मंगलबार बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रको कार्यालयमा पुगेर सबै विद्यार्थीलाई बितरण गरियोस भनि ज्ञापनपत्र बुझाएको हो। केन्द्रका प्राविधिक निर्देशक डा‍. नारायण प्रसाद अधिकारीलाई नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले ज्ञापन पत्र बुझाएका हुन् ।

उनका अनुसार ​जेष्ठ २५ गते वैकल्पिक उर्जा प्रवद्वन केन्द्रले आदिवासी, जनजाति र दलित विद्यार्थीलाई सहुलियतमा चुलो निर्णयलाई नेविसंघले स्वागत गरेको छ । तर आवश्यकताको सिद्धान्त अनुसार सम्पूर्ण विद्यार्थीलाई सहुलियतमा विद्युतिय चुलो उपलब्ध गराउनुपर्ने शेर्पाले बताए ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेपाल विद्यार्थी संघ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Rain
5:07 am7:03 pm +0545