जिल्ला समन्वय समिति ताप्लेजुङको प्रमुखमा नेकपा एसका छिरिङ लामा विजयी
ताप्लेजुङ । जिल्ला समन्वय समिति ताप्लेजुङको प्रमुखमा नेकपा एसका छिरिङ लामा विजयी बन्नुभएको छ ।
गठबन्धनबाट उम्मेदवारी बन्नु भएको लामाले नेकपा एमालेका घनेन्द्र मादेनलाई पराजित गर्नु भएको हो । कुल १९ मतदाता रहेको जिल्लामा लामाले १० मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका मादेनले ८ मत प्राप्त गर्नुभएको थियो ।
नौ स्थानीय तह रहेको ताप्लेजुङमा नेपाली काँग्रेसका ६, नेकपा माओवादीका ५, नेकपा एसका १ गरी गठबन्धनका १२ जना मतदाता रहेको थिए । यता नेकपा एमालेको ६ मतदाता रहेपनि मादेनलाई ८ मत प्राप्त भएको निर्वाचन कार्यालयले जनाएको छ । समन्वय समितिको उपप्रमुखमा भने नेपाली काँग्रेसका कृष्णप्रसाद लिङखिम निर्विरोध चयन हुनुभएको छ ।
समितिका ७ सदस्यमा पनि गठबन्धनका सबै विजयी बन्नुभएको छ । नेपाली काँग्रेसका तर्फबाट चन्दकला दाहाल, सविता लिम्बु, हेमन्ता पौडेल र विष्णुकुमार तिवारी माओवादीबाट सन्तोष राई र भूपाल मादेन र नेकपा एसबाट रवीन्द्र कुमार वनेम चयन हुनुभएको छ ।
वनेम नेपाली काँग्रेसका भएपनि स्थानीय तहको निर्वाचनका क्रममा एसको चुवान चिन्ह कलमबाट निर्वाचित हुनुभएको थियो । मादेन भने समन्वय समितिको निवर्तमान प्रमुख रहनुभएको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #जिल्ला समन्वय समिति ताप्लेजुङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्