Techie IT
सोमबार, जेठ ६,२०८२

लुम्बिनीकी मन्त्री विमला वलीको तमासाः ‘प्रेमी’ को घरमा गएर श्रीमती र छोरीलाई कुटपिट


दाङ -कहिले एमालेबाट माओवादीमा गएर त कहिले माओवादीबाट एमाले आएर गतवर्ष देखि नै चर्चामा रहेकी लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला वली आज अर्काको घर भित्र पसेर मेरो पोइ खोइ? भन्दै चर्चामा आएकी छिन् ।

सभासद्ध मात्र भएका बेला पार्टी हेरफेर गरेर चर्चा कमाएकी वलीले आज परपुरुषलाई मेरो पोइ खोइ भन्दै घरभित्र छिरेपछि थप भाइरल भएकी छिन् ।

दाङका एकराजसँग प्रेम सम्बन्धमा रहेकी वलीले आज विहान सुरक्षा गार्ड सहित एकराजको घरमा प्रवेश गरेर ‘मेरो एकराज खोई ?’ भन्दै श्रीमती र छोरीलाई कुटपिट गरेकी थिइन् । मन्त्रीले घरमा आएर आतंक मच्चाएपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले वलीलाई नियन्त्रणमा लिएको छ ।

वलीले एकराजकी श्रीमतीलाई कुटपिट गरेकी छन् । गतवर्ष वलीले एकराजले चुम्बन गर्दै गरेको फोटो फेसबुकको स्टोरीमा हालेकी थिइन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विमला वली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:11 am6:49 pm +0545