तारकेश्वर नगरपालिकाका स्थायी कर्मचारी आन्दोलित, नगर प्रमुखलाई ज्ञापन पत्र बुझाए

काठमाडौं जेठ ३० । तारकेश्वर नगरपालिकामा कार्यरत स्थायी कर्मचारीहरूले नगर प्रमुख कृष्णहरि महर्जनलाई शुक्रबार ज्ञापनपत्र बुझाएका छन । तारकेश्वर नगरपालिकामा नयाँ नगर प्रमुख आएपछि भईरहेका गतिविधी र घटनाक्रमलाई लिएर कर्मचारीहरु ससंकित भएका छन् । त्रासमुक्त वातावरणमा काम गर्न पाउनुपर्ने माग राखी स्थायी कर्मचारीहरुले नगर प्रमुख कृष्णहरि महर्जनलाई ज्ञापनपत्र बुझाएका हुन ।
ज्ञापनपत्रमा यहि जेठ २६ गते भूमि व्यवस्थापन शाखा प्रमुख चेतबहादुर सिंहलाई नगरपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता गर्ने निर्णय गरेको थियो । सामान्य कमीकमजोरी गरेकोमा सिधै फिर्ता गर्ने काम भएकोमा कर्मचारीहरुले आपत्ती प्रकट गरेका छन् । सेवाग्राहीहरुले नगर प्रमुखको कार्यकक्षमा नै धम्क्याउने, थर्काउने र तर्साउनेजस्ता क्रियाकलाप हुँदा पनि प्रमुखज्यूले केही नबोली कर्मचारीहरुको अभिभावकत्व नलिँदा त्रासयुक्त वातावरण सृजना भएको ज्ञापन पत्रमा लेखिएको छ ।
त्यस्तै नगर प्रमुखले एक कार्यक्रममा बोलेको भिडियोमा नगरपालिकामा ढिलासुस्ती काम हुनुमा फाइलको प्रत्येक पानामा हजारको नोट हुँदा रहेछन् भनेर बोलेको कुरालाई नगरबासीहरुमा कर्मचारी र कार्यालयप्रति नकारात्मक असर परेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ भने करारका कर्मचारी हटाउने हल्लाले करारमा जागीर खाई बाँच्ने आधार भएका कर्मचारीहरुमा समस्या पैदा हुने भएकाले घनिभूत छलफल गरेर मात्र उचित निर्णय लिन नगर प्रमुखलाई कर्मचारीहरुले अनुरोध गरेका छन् ।
यस्तो छ ज्ञापन पत्र
क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वर नगरपालिका
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्