तारकेश्वर नगरपालिकाका स्थायी कर्मचारी आन्दोलित, नगर प्रमुखलाई ज्ञापन पत्र बुझाए
काठमाडौं जेठ ३० । तारकेश्वर नगरपालिकामा कार्यरत स्थायी कर्मचारीहरूले नगर प्रमुख कृष्णहरि महर्जनलाई शुक्रबार ज्ञापनपत्र बुझाएका छन । तारकेश्वर नगरपालिकामा नयाँ नगर प्रमुख आएपछि भईरहेका गतिविधी र घटनाक्रमलाई लिएर कर्मचारीहरु ससंकित भएका छन् । त्रासमुक्त वातावरणमा काम गर्न पाउनुपर्ने माग राखी स्थायी कर्मचारीहरुले नगर प्रमुख कृष्णहरि महर्जनलाई ज्ञापनपत्र बुझाएका हुन ।
ज्ञापनपत्रमा यहि जेठ २६ गते भूमि व्यवस्थापन शाखा प्रमुख चेतबहादुर सिंहलाई नगरपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता गर्ने निर्णय गरेको थियो । सामान्य कमीकमजोरी गरेकोमा सिधै फिर्ता गर्ने काम भएकोमा कर्मचारीहरुले आपत्ती प्रकट गरेका छन् । सेवाग्राहीहरुले नगर प्रमुखको कार्यकक्षमा नै धम्क्याउने, थर्काउने र तर्साउनेजस्ता क्रियाकलाप हुँदा पनि प्रमुखज्यूले केही नबोली कर्मचारीहरुको अभिभावकत्व नलिँदा त्रासयुक्त वातावरण सृजना भएको ज्ञापन पत्रमा लेखिएको छ ।
त्यस्तै नगर प्रमुखले एक कार्यक्रममा बोलेको भिडियोमा नगरपालिकामा ढिलासुस्ती काम हुनुमा फाइलको प्रत्येक पानामा हजारको नोट हुँदा रहेछन् भनेर बोलेको कुरालाई नगरबासीहरुमा कर्मचारी र कार्यालयप्रति नकारात्मक असर परेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ भने करारका कर्मचारी हटाउने हल्लाले करारमा जागीर खाई बाँच्ने आधार भएका कर्मचारीहरुमा समस्या पैदा हुने भएकाले घनिभूत छलफल गरेर मात्र उचित निर्णय लिन नगर प्रमुखलाई कर्मचारीहरुले अनुरोध गरेका छन् ।
यस्तो छ ज्ञापन पत्र
क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वर नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा








तपाईको कमेन्ट लेख्नुहोस्