जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना कार्यक्रम
जीवनराज दाहाल (मधेश प्रदेश)
निजी विद्यालयको प्रतिबद्धता, नगर शिक्षामा आवद्धता’ भन्ने मुल नाराका साथ निजी तथा आवसिय विद्यालय नगर कमिटी बर्दिवासले आज आइतबार बर्दिवासको पञ्चधुरा पार्टी प्यालेसमा नव निर्वाचित जनप्रतिनिधिहरूमा बधाई तथा शुभकामना कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।
महोत्तरीको बर्दिवास नगरभित्र १४ वडाका वडा अध्यक्ष, मेयर, उपमेयर, नगरपालिकाका शिक्षा शाखाका व्यक्तिहरूलाई निमन्त्रणा गरेपनि मौसमका कारण उपस्थिति निकै कम थियो ।

आयोजकले उपस्थित सम्पूर्ण पदाधिकारीहरूलाई अबिर, माला, खादा र मायाको चिनो दिँदै आगामी कार्यकालको शुभकामना दिएका थिए ।
कार्यक्रममा अध्यक्षको रुपमा मेयर प्रहलाद कुमार क्षेत्री थिए भने संस्थापकमा सरोज प्रधान रहेका थिए । कार्यक्रमलाई युवराज श्रेष्ठले सञ्चालन गरेका थिए ।

कार्यक्रममा मेयर प्रह्लाद कुमार क्षेत्री, उपमेयर तारादेवी, वडा नं. २ का धिरेन्द्र सिंह, वडा नं. ९ का धुरण महतो, वडा नं. १२ का राम किशोर साह, वडा नं. १३ का लक्षमण सिंह, वडा नं. १४ विजय महतो वडाध्यक्षहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा भोजनको समेत व्यवस्था रहेको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्