जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना कार्यक्रम

जीवनराज दाहाल (मधेश प्रदेश)
निजी विद्यालयको प्रतिबद्धता, नगर शिक्षामा आवद्धता’ भन्ने मुल नाराका साथ निजी तथा आवसिय विद्यालय नगर कमिटी बर्दिवासले आज आइतबार बर्दिवासको पञ्चधुरा पार्टी प्यालेसमा नव निर्वाचित जनप्रतिनिधिहरूमा बधाई तथा शुभकामना कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।
महोत्तरीको बर्दिवास नगरभित्र १४ वडाका वडा अध्यक्ष, मेयर, उपमेयर, नगरपालिकाका शिक्षा शाखाका व्यक्तिहरूलाई निमन्त्रणा गरेपनि मौसमका कारण उपस्थिति निकै कम थियो ।
आयोजकले उपस्थित सम्पूर्ण पदाधिकारीहरूलाई अबिर, माला, खादा र मायाको चिनो दिँदै आगामी कार्यकालको शुभकामना दिएका थिए ।
कार्यक्रममा अध्यक्षको रुपमा मेयर प्रहलाद कुमार क्षेत्री थिए भने संस्थापकमा सरोज प्रधान रहेका थिए । कार्यक्रमलाई युवराज श्रेष्ठले सञ्चालन गरेका थिए ।
कार्यक्रममा मेयर प्रह्लाद कुमार क्षेत्री, उपमेयर तारादेवी, वडा नं. २ का धिरेन्द्र सिंह, वडा नं. ९ का धुरण महतो, वडा नं. १२ का राम किशोर साह, वडा नं. १३ का लक्षमण सिंह, वडा नं. १४ विजय महतो वडाध्यक्षहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा भोजनको समेत व्यवस्था रहेको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्