भक्तपुर जिल्लालाई दुई अर्ब ४३ करोड २९ लाखको बजेट

भक्तपुर । सरकारले आर्थिक वर्ष २०७९र८० का लागि भक्तपुर जिल्लालाई कूल रु दुई अर्ब ४३ करोड २९ लाखको बजेट विनियोजन गरेको छ । सरकारले भक्तपुरका चार नगरपालिकामध्ये चाँगुनारायणलाई सबैभन्दा बढी र मध्यपुर थिमि नगरपालिकालाई सबैभन्दा कम बजेट विनियोजन गरेको छ ।
सरकारले बजेट भाषणमार्फत यहाँका चार नगरमा विनियोजन गरेको बजेटमध्ये चाँगुनारायणले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत रु ६६ करोड ७२ लाख पाउने भएको हो ।
भक्तपुर जिल्लाको आधाभन्दा बढी क्षेत्रफल ओगटेको चाँगुनारायणले समानीकरणतर्फ १८ करोड १४ लाख, ससर्त अनुदानतर्फ ४२ करोड २३ लाख, विशेष अनुदान दुई करोड र समपूरकतर्फ चार करोड गरी रु ६६ करोड ७२ लाख बजेट पाएको हो । जसमा चालूतर्फ रु ४९ करोड ७९ लाख र पूँजीगत रु १६ करोड ९३ लाख पाएको हो ।
जिल्लाको पुरानो नगरकारुपमा रहेको भक्तपुर नगरले समानीकरणतर्फ रु २३ करोड ६९ लाख, सशर्ततर्फ रु ३६ करोड ५० लाख, विशेष अनुदान रु तीन करोड र रु समपूरकतर्फ ५० लाख बजेट प्राप्त गरेको छ । यस नपाले चालूतर्फ रु ५९ करोड ३४ लाख र पूँजीगततर्फ रु चार करोड ३५ लाख बजेट पाएको हो ।
त्यस्तै सूर्यविनायक नगरले समानीकरणतर्फ रु २२ करोड ७७ लाख र ससर्ततर्फ रु ४० करोड आठ लाख पाएको छ । जसमा चालूतर्फ रु ४८ करोड ७५ लाख र पूँजीगततर्फ रु १४ करोड १० लाख अन्तरसरकारी बजेट पाएको हो । यस नपाले कूल रु ६२ करोड ८५ लाख बजेट पाएको छ ।
त्यस्तै मध्यपुरथिमि नगरले भने यस पटक जिल्लामा चार नपामध्ये सबैभन्दा कम सङ्घीय सरकारको बजेट पाउने छ । यस नगरले अन्तरसरकारी हस्तान्तरणमार्फत रु ५० करोड तीन लाख मात्रै बजेट पाएको हो । मध्यपुरथिमि नपाले समानीकरणतर्फ रु २४ करोड १९ लाख, ससर्ततर्फ रु २५ करोड १४ लाख र समपूरकमा रु ७० लाख बजेट पाएको छ । जसमा चालूतर्फ रु ४६ करोड १९ लाख र पूँजीगततर्फ रु तीन करोड ८४ लाख रुपैयाँ रहेको छ ।
सङ्घीय सरकारले भक्तपुर र चाँगुनारायण नगरलाई विशेष अनुदान दिए पनि सूर्यविनायक र मध्यपुरथिमि नगरले भने विशेष अनुदान पाउन सकेनन् । भक्तपुर नपाले तीन करोड र चाँगुनारायण नपाले दुई करोड विशेष अनुदान पाएका छन् ।
सूर्यविनायक नगरले यस वर्ष समपूरक बजेटसमेत पाएन । जिल्लाका भक्तपुर, मध्यपुरथिमि र चाँगुनारायण नपाले समपूरक बजेट पाएका छन् । जसमा चाँगुनारायण नपाले सबैभन्दा बढी रु चार करोड समपूरक बजेट पाएको छ भने मध्यपुरथिमि नपाले ७० लाख र भक्तपुरले ५० लाख रुपैयाँ समपूरक बजेट पाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #भक्तपुर
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्